arrow

चौधरी फाउन्डेसनको इलेक्ट्रिकल उपकरण मर्मत तालिम सम्पन्न

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ २२ मंगलबार
cg-training-81-2-22.jpg

काठमाडौँ । चौधरी फाउन्डेसनको आयोजनामा सञ्चालित ४८ दिने एसी र रेफ्रिजेरेटर मेकानिक तालिम सम्पन्न भएको छ ।

मंगलबार एक समारोहबीच चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरी र चन्द्रागिरी नगरपालिकाका मेयर घनश्याम गिरीले सहभागीहरुलाई प्रमाणपत्र वितरण गरे । 

यस तालिमको मुख्य उद्देश्य ग्रामीण भेगका युवाहरुलाई रोजगारमुलक सीप विकास गर्नु रहेको चौधरी फाउन्डेसनले जनाएको  छ । 

काठमाडौँको चन्द्रागिरी नगरपालिकामा संचालित यो कार्यक्रम सफलतापूर्वक समापन भएको छ भने चौधरी फाउन्डेसनले सुनसरीको गढी गाउँपालिका र नवलपरासीको सरावल गाउँपालिकामा पनि यस्तै तालिम सञ्चालन गरिरहेको जनाएको छ ।

यसैबीच चौधरी फाउन्डेसनले तीन वटा प्रदेशमा इन्डक्सन चुल्हो मर्मत र रेखदेख सम्बन्धी ३ दिने तालिम पनि सञ्चालन गरिरहेको छ । यो तालिम लुम्बिनी प्रदेशमा सम्पन्न भइसकेको छ भने कर्णाली र मधेश प्रदेशमा चाँडै शुरु हुनेछ ।

यी सबै तालिमको मुख्य उद्देश्य लक्षित लाभग्राहीहरुलाई इलेक्ट्रोनिक्स मर्मत र रेखदेख सम्बन्धी गुणस्तरीय व्यावसायिक र प्राविधिक तालिम प्रदान गर्नु रहेको चौधरी फाउन्डेसनले जानकारी दिएको छ ।

कार्यक्रममा बोल्दै चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले देशभित्रै सीपयुक्त जनशक्ति विकास गर्न चौधरी फाउन्डेसन प्रतिबद्ध रहेको बताए । 

‘हामी यस्ता तालिम कार्यक्रमको माध्यमबाट मानिसहरुलाई सीप विकासमा सहयोग गरिरहेका छौँ ताकि उनीहरु देशभित्रै रोजगार प्राप्त गर्न सकुन् र राम्रो आम्दानी आर्जन गर्न सकुन्’ उनले भने । 

विश्वकै प्रतिष्ठित अन्तर्राष्ट्रिय कम्पनी एलजी इलेक्ट्रोनिक्सको सहकार्य तथा प्राविधिक सहयोगमा यस्ता तालिममार्फत युवाहरुमा सीपको विकासमा सहयोग गर्नु चौधरी ग्रुपको कर्तव्यसमेत रहेको चौधरीले बताए । 

चौधरी ग्रुप नेपालका एलजी इलेक्ट्रोनिक्ससँग ४० वर्ष भन्दा बढीको ब्यवसायीक सम्बन्ध रहेको छ ।

समारोहमा बोल्दै चन्द्रागिरी नगरपालिकाका मेयर घनश्याम गिरीले चौधरी गु्रपसँग सहकार्य गर्न पाउँदा उत्साहित भएको बताए । ‘यस्ता तालिमले मान्छेमा सीप भर्ने र देशमै केही गरेर जीवन चलाउन युवाहरुलाई प्रोत्साहन गर्नेछ’  गिरीले बताए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ