- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । बलिवुड अभिनेत्री कंगना रनौत भारतको लोकसभामा विजयी भएकी छिन् । मतगणनामा कंगना भारतीय जनता पार्टीबाट हिमाचल प्रदेशको मंडी सिटबाट विजयी भएकी हुन् ।
कंगनाले कांग्रेसका विक्रमादित्य सिंहलाई पराजित गरेकी हुन् । कंगनाले ५ लाख ३७ हजार २२ मत प्राप्त गरेकी छिन् भने उनका प्रतिद्वन्दी सिंहले ४ लाख ६२ हजार २६७ मत प्राप्त गरेका छन् ।
कंगना नारी प्रधान चलचित्रमा देखिँदै आएकी छिन् । उनी चलेका नायकसँग भन्दा पृथक शैलीमा आफूलाई नायकको भूमिकामा उभ्याउने चलचित्र गर्दै आएकी थिइन् ।