arrow

शेयर बजारमा सामान्य गिरावट

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ २३ बुधबार
nepse-stock-share-up-bull-market.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । शेयर बजारमा आज सामान्य गिरावट आएको छ । साताको चौथो कारोबारको दिन आज नेप्से परिसूचक ५.५८ अंकले घटेर २०७९.७१ विन्दुमा रोकिएको छ । त्यस्तै आज स‍ेन्सेटिभ इण्डेक्स ०.११ प्रतिशतले घटेर ३७१.६१ विन्दुमा कायम भएको छ ।

आज ३०६ कम्पनीका ८० लाख ४२ हजार ७६७ कित्ता शेयर ३ अर्ब ९९ करोड  २९ लाख ७६ हजार ४९२ रुपैयाँमा खरिद बिक्री भएका छन् ।

आज भगवती हाइड्रोपावर डेभलपेन्टको मात्रै शेयर सकारात्मक सर्किट लागेको थियो भने मनकामना स्मार्ट लघुवित्त वित्तीय र माइ खोला हाइड्रोपावरको शेयर ९ प्रतिशत बढिले बढेको थियो ।

कारोबार रकमका आधारमा एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट शीर्ष स्थानमा रह्यो । सो कम्पनीको १९ करोड मूल्य बराबरको शेयर कारोबार भयो । 

त्यस्तै सीईडीबी हाइड्रो पावर डेभलपमेन्टको १८ करोड,सानिमा माइ हाइड्रोपावरको १६ करोड,पोखरा फाइनान्सको १२ करोड र ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्थाको ८ करोड मूल्य बराबरको सेयर कारोबार भएको छ ।

आज फाइनान्स, उत्पादन, माइक्रो फाइनान्स र म्युचुअल फण्डको समूहको उपसूचक सकारात्मक देखिएका छन् । जसमा म्युचुअल फण्डको सूचक सर्वाधिक ४.९२ प्रतिशतले बढेको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ