arrow

प्रशासनको गेट अगाडि पीडित महिला धर्नामा

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ २३ बुधबार
rape-victimdang-81-2-23.jpg

दाङ । जिल्ला प्रशासन कार्यालय दाङको गेट अगाडि एक जना बलात्कार मुद्धामा पीडित महिलाले लगातारजसो धर्ना दिँदै आइरहेकी छिन् । 

दाङ जिल्ला अदालतबाट हालै सरुवा भइ जनपुर पुगेका तहसिलदार निरन्जनबाबु पाण्डेले आफूलाई बलात्कार गरेको आरोप लगाउँदै उनीमाथि कारबाहीको माग गर्दै पीडित महिला कहिले दाङ जिल्ला अदालत त कहिले जिल्ला प्रहरी कार्यालय गेट अगाडि धर्ना बस्दै आएकी छिन् । 

बलात्कार मुद्धामा पाण्डे ५ दिन हिरासतमा बसेर प्रहरीको सहजीकरणमा दाङ जिल्ला अदालतमा मुद्धा दर्ता गरिएको थियो ।

पाण्डे हाल धरौटी तिरेर छुटिसकेका छन् । पीडित महिलाले जिल्ला प्रहरी प्रमुख रामबहादुर केसी र डीएसपी जनकबहादुर मल्लले पाण्डेलाई बचाएको आरोप लगाउँदै आएकी छिन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ