arrow

आजदेखि तीन दिन सर्ट फिल्म डकुमेन्ट्री प्रदर्शन [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ २४ बिहिबार
film-festival-81-2-24-(13).jpg

काठमाडौँ । आदिवासी जनजाति चलचित्र महासङ्घको आयोजनामा ‘चौथो आदिवासी जनजाति चलचित्र महोत्सव–२०८१’ प्रदर्शनी मार्गस्थित राष्ट्रिय सभागृहमा जारी रहेको छ । बुधबार उदघाट्न गर्दै आदिवासी जनजाति चलचित्रको प्रवर्द्धन गर्ने उद्देश्यले महोत्सव गरिएको महासङ्घका अध्यक्ष पुर्खाजित राईले बताए । 

महोत्सवमा बिहीबारदेखि तीन दिन सर्ट फिल्म डकुमेन्ट्रीहरु प्रदर्शन गरिनेछ । चौथो संस्करणमा फिचर, सर्ट फिल्म डकुमेन्ट्रीसहित १७ वटा चलचित्र प्रदर्शन गरिनेछ ।

जसमा दुई वटा अन्तर्राष्ट्रिय फिल्म पनि समावेश भएका छन । महोत्सवमा प्रदर्शन हुने उत्कृष्ट चलचित्रलाई नगद २० हजार, उत्कृष्ट वृत्तचित्रलाई १० हजार, उत्कृष्ट सर्ट फिल्मलाई १० हजार रुपैयाँसहित प्रमाण पत्र प्रदान गरिनेछ । 

यस्तै पब्लिक च्वाइस अवार्ड पाउनेलाई ३५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।

film-festival-81-2-24 (1).jpg
film-festival-81-2-24 (2).jpg
film-festival-81-2-24 (3).jpg
film-festival-81-2-24 (4).jpg
film-festival-81-2-24 (5).jpg
film-festival-81-2-24 (6).jpg
film-festival-81-2-24 (7).jpg
film-festival-81-2-24 (8).jpg
film-festival-81-2-24 (9).jpg
film-festival-81-2-24 (10).jpg
film-festival-81-2-24 (11).jpg
film-festival-81-2-24 (12).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ