न्यूरोडको फुटपाथ बढाउन बालेनले थालेको काममा केन्द्रको हस्तक्षेप बन्द गर – विश्वप्रकाश शर्मा
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ २४ बिहिबार
1.4k
Shares
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले न्यूरोडमा फुटपाथ बढाउन दिनुपर्ने बताएका छन् ।
प्रतिनिधि सभाको बैठकको विशेष समयमा बोल्दै महामन्त्री शर्माले काठमाडौँका मेयर वालेन्द्र साह बालेनलाई न्यूरोडको फुटपाथ ठुलो बनाउन दिनुपर्ने बताउँदै केन्द्रको हस्तक्षेप बन्द गर्न आग्रह गरेका थिए ।
स्थानीय तह र केन्द्रको विवादमा केन्द्र बढी संयमित बन्नुपर्ने बताउँदै महामन्त्री शर्माले हस्तक्षेप बन्द गर्न आग्रह गरेका छन् ।