arrow

शेयरमा सामान्य गिरावट

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ २४ बिहिबार
nepse-stock-share-up-bull-market.jpg

काठमाडौँ । आज शेयर बजार सामान्य अंकले घटेको छ । नेप्से परिसूचक १.९३ अंकले घटेर २०७७.७८ विन्दुमा रोकिएको छ ।

आज सेन्सेटिभ इण्डेक्स ०.३४ प्रतिशतले घटेर ३७०.३४ विन्दुमा कायम भएको छ । आज ३२२ कम्पनीको ८८ लाख १३ हजार ३७४ कित्ता शेयर ४ अर्ब ३८ करोड ८२ लाख ७८ हजार ७२० रुपैयाँमा खरिद बिक्री भएका छन् । 

आज इमर्जिंग नेपाल लिमिटेड, भगवती हाइड्रो र मिड सोलु हाइड्रोको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने माइखोला हाइड्रोको सबैभन्दा बढी ६.४० प्रतिशतले घटेको छ ।

आज सबैभन्दा बढी एनआरएन इन्फ्रा डेभलपमेन्ट बैंकको सबैभन्दा बढी १८ करोड ६८ लाखको शेयर कारोबार भएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ