arrow

बिएलडिसि सिलिङ फ्यान लगायत सिजीका नयाँ मोडलका फ्यानहरू बजारमा

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ २४ बिहिबार
cg-meridia-signature-series-fan.jpg

काठमाडौँ। नेपालको प्रतिष्ठित व्यापारिक घराना चौधरी ग्रुप अन्तर्गत सिजी ब्राण्डले बढ्दो गर्मी यामलाई मध्यनजर गर्दे पहिलो पटक बिएलडिसि सिलिङ फ्यानका साथै अन्य धेरै फ्यानहरू बजारमा ल्याएको छ।

स्टे कुल, सेभ इनर्जी सुइच टु बिएलडिसि फ्यान टुडेू भन्ने नाराको साथ बजारमा आएको यो सिलिङ फ्यान प्रयोग गर्दा परम्परागत फ्यान भन्दा कम्तीमा पनि ४३ प्रतिशत बिद्युत् बचत गर्छ भने पर्फमेन्समा कमी नआउने गरी कम आवाजमा सञ्चालन हुने उक्त प्रविधि यस फ्यानमा रहेको कम्पनीले दाबी गरेको छ।

उक्त सिलिङ फ्यान नेपालका लागि पहिलो ओईएम ब्राण्ड जसमा बिएलडिसि टेक्नोलोजी रहेको छ, साथै रोबस्ट र रिलायबल बिएलडिसि मोटर भएको हुनाले बजारमा आउने अरू फ्यानको तुलनामा धेरै टिकाउ पनि रहेको छ।

नेपालमा त्यही पनि तराई जस्तो ठाउँमा बिजुलीको भोल्ट कहिले कम र कहिले बडी आउने गर्दछ। यस्तो अवस्थामा फ्यान पनि सोही अनुसार धुन्ने गर्दछ । यही अवस्थालाई मध्यनजर गरी यो सिलिङ फ्यान ल्याइएको हो। यो फ्यान ११० देखि २८० बिचको कुनै पनि भोल्टमा पनि तीव्र गतिमै घुम्ने उच्च प्रविधिको फ्यान रहेको छ।

रिमोटको सुविधा युक्त यो सिलिङ फ्यानमा कम्पनीले मोटर र पिसिबिएमा २ वर्षको वारेन्टी दिएको छ। यो फ्यान आकर्षक ४ वटा कलरमा बजारमा उपलब्ध रहेको छ।

नेपालमा चौधरी ग्रुपले सिजी ब्राण्डका उत्पादनहरू आफ्नो च्यानल र डिलर आउटलेटहरु मार्फत वितरण गदै आइरहेको छ। त्यस्तै सिजी ले विभिन्न डिजाइन र मोडलमा अरू पनि थुप्र नयाँ सिलिङ, स्ट्याड, टेबल, वाल र एग्जस्ट फ्यानहरू ल्याएको छ।

सिलिङ फ्यानमा डेकोरेटिभ सिरिज छन्, जुन अति नै आकर्षक डिजाइन र रङ्गहरूमा उपलब्ध छन्। त्यस्तै अर्को हाइ स्पिड सिरिज छन्, जसको स्पिडको कारण धेरै भन्दा धेरै हावा प्रवाह गर्दछ।

यस्तै स्ट्याड, टेबल, वाल र एग्जस्ट फ्यानहरूमा पनि यस्तै सिरिजहरू उपलब्ध छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ