- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
आजको पञ्चाङ्ग
मिति २०८१ जेठ २५ गते शुक्रबार, इस्वीसंवत जुन ७ तारिक सन् २०२४, श्रीशाके १९४६, नेपाल संवत् ११४४, कालयुक्तनाम संवत्सरः, सूर्य पृथ्वीको उत्तरी गोलार्द्धमा छन् । ग्रीष्म ऋतु चलिरहेको छ । चान्द्रमान अनुसार ज्येष्ठशुक्लपक्ष चलिरहेको छ । सौरमान अनुसार आज ज्येष्ठशुक्लपक्षको प्रतिपदा तिथि साँझमा ५ः०६ बजेसम्म त्यसपछि द्धित्तीया तिथि लाग्नेछ । नक्षत्रमा मृगशिरा रातिमा ८ः३३ बजेसम्म त्यसपछि आद्रा नक्षत्र लाग्नेछ । विष्कुम्भादि योगमा शूल ४० घटि २२ पलासम्म त्यसपछि गण्ड लाग्नेछ । करणमा किंष्तुध्न अहोरात्र रहनेछ । आनन्दादि योगमा मानस रहनेछ । सूर्य वृष राशिमा, चन्द्रमा वृष राशिमा रहनेछ । आज दिनमान ३४ घटि २७ पला अर्थात १३ घण्टा ५० मिनेटको रहनेछ ।
आज सूर्योदय काठमाडौं केन्द्र विन्दुमा रही बिहान ५ः१० बजे विभिषण मुहूर्तमा हुनेछ भने सूर्यास्त साँझ ठीक ६ः५७ बजे हुनेछ । यस्तै, चन्द्रमा उदाउने समय बिहानमा ५ः२३ बजे र अस्ताउने समय भोलि रातिमा ८ः०७ बजे रहेको छ । आजबाट गोसाइकुण्ड र दशहरा स्नान आरम्भ भएको छ ।
आजको राशिफल
मेष : आज समय खराब नै रहनेछ । पहिलेको सफलताले हौसला जगाए पनि विवाद तथा मुद्दाहरूमा निकै सजग रहनुपर्नेछ । प्रतिस्पर्धीहरूले अलि दुःख दिन सक्छन् । ऋण, शत्रु र रोगबाट सजग रहनुपर्ला । बिहानमा ८ बनेपछि विवाद तथा मुद्दाहरूमा आफ्नो पक्ष बलियो रहनेछ । लामो यात्राको प्रक्रिया अघि बढ्नेछ । आज दक्षिणतर्फको यात्रा गर्नु ठीक छैन ।
वृष : आज पनि समय अत्यन्त शुभ रहनेछ । आज ज्यादै फाइदाको रहेकोछ । त्यसकारण काम गर्दा धेरै महत्वपूर्ण कामलाई पहिलो प्राथमिकतामा पार्नुहोला । जग्गा जमिन किन्नु छ भने पनि आजै किन्नुहोला । गाडी खरिद बिक्री, खेतीका आजै राम्रो हुनेछ । परिवारका सदस्यहरूबाट सकारात्मक सहयोग हुनेछ । सबै काम सुख र सुविधाका साथ सम्पन्न गर्न सकिनेछ ।
मिथुन : आज पनि समय खराब रहनेछ । गर्न खोजेका काममा रोकावट, स्वास्थ्य पनि त्यति भरपर्दो नरहने, वैदेशिक रोजगार, नयाँँ पेशाको थालनीको लागि पनि आज त्यति राम्रो छैन । चोटपटक लाग्ने सम्भावना पनि छ । कुनै पनि काम गर्दा सतर्क रहनु आवश्यक छ । आज बिहानमा ८ बजे नयाँ कामको थालनी गर्दा राम्रो हुने देखिन्छ । सकभर यात्रा नदर्दा नै राम्रो हुनेछ ।
कर्कट : आज पनि समय खराब रहनेछ । गर्न खोजेका काममा रोकावट, स्वास्थ्य पनि त्यति भरपर्दो नरहने, वैदेशिक रोजगार, नयाँँ पेशाको थालनीको लागि पनि आज त्यति राम्रो छैन । चोटपटक लाग्ने सम्भावना पनि छ । कुनै पनि काम गर्दा सतर्क रहनु आवश्यक छ । आज बिहानमा ८ बजे नयाँ कामको थालनी गर्दा राम्रो हुने देखिन्छ । सकभर यात्रा नदर्दा नै राम्रो हुनेछ ।
सिंह : आज समय मध्यम खालको छ । अरुलाई जति राम्रो गर्छु भने पनि जस नपाइने, मानसिक चिन्ता बढ्ने काम अरुबाट हुने, आफन्त मानिएका व्यक्तिको विरोधले कतिपय कामहरू अधुरो रहनेछन् । जताबाट पनि खर्चमात्रै हुने, यात्रामा समस्या हुने अवस्था रहेको छ सकेसम्म सतर्क रहनुहोला । आज हानी र नोक्सानीबाट मात्रै जोगाउन सकेमा धेरै ठूलो उपलव्धि हुनेछ ।
कन्या : आज पनि समय खराब रहनेछ । अनावश्यक कार्यमा खर्च गर्न मन लाग्ने, निरासाका भावना मनमा उठ्नेछन् । पति–पत्नीबीच मनमुटाव हुन सक्नेछ । आम्दानी भन्दा खर्च बढी हुनाले पारिवारिक तनाव बढ्न सक्नेछ । गरेको कामबाट जस नपाइने, मानसिक चिन्ता बढ्ने काम अरुबाट हुनेछ, आफन्तले नै कुरा काट्नेछन् भने आज बिहाज ८ बजेपछिको समय सुधार भएर आउनेछ । आज यात्रा गर्दा पनि झन्झट हुनेछ ।
तुला : आज स्वास्थ्य राम्रो रहनेछैन । स्वास्थ्यमा एक्कासि समस्या आउनेछ । आज टाढाको यात्रा गर्नु पनि उचित छैन । जुनसुकै काममा बिघ्नबाधा आउन सक्ने देखिन्छ । सानो कुरामा चित्त दुख्ने बानीले सामाजिक जनजीवनमा अप्ठ्यारो पनि पार्न सक्ने छ । नयाँ निर्णय, व्यवसायमा लागनी आज नथर्दा नै राम्रो हुने ज्योतिष वैज्ञानिक दृष्टिकोणमा देखिएको छ ।
वृश्चिक : आज पनि स्वास्थ्य राम्रो रहनेछ । आम्दानी बढ्ने, व्यापार–व्यवसायमा लाभ, प्रेमप्रसंग सुमधुर तथा पति–पत्नीको रमाइलो यात्रा हुनेछ । घरमा पारिवारिक सहयोग मिल्नेछ । आज ८ बजेपछि भने समय खराब रहने भएकाले महत्वपूर्ण कार्य तथा यात्रामा सतर्क हुनुहोला । जे काम गर्दा पनि सतर्क हुनुपर्नेछ ।
धनु : आज पनि समय राम्रै रहनेछ । अध्ययनमा प्रगति हुनेछ भने ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ । सुखद् समाचारले उत्साह जगाउनेछ । आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय छ । नयाँ काम प्रारम्भ हुनेछ । मिहिनेतले सम्मानित स्थान दिलाउन सक्छ । बौद्धिक अभिव्यक्तिको तारिफ हुनेछ । बोलीको प्रभावले आर्थिक क्रियाकलापमा समेत फाइदा हुनेछ ।
मकर : आज पनि समय खराब छ । विभिन्न अवसर प्राप्त भए पनि नैतिक प्रतिष्ठा जोगाउन निकै सजग रहनुपर्ला । परिस्थिति अनुकूल रहे पनि अरूका लागि बुद्धि खर्च गनुपर्नेछ । बिहानमा ८ बजेपछि प्रतिष्ठित काम गरेर धेरैको मन लोभ्याउन सकिनेछ । विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्नेछ । आँटेको काममा अरूको मुख ताक्नाले पछि परिनेछ । श्रमको उचित मूल्यांकन भए पनि प्रतिफल हातपार्न केही समय लाग्न सक्छ ।
कुम्भ : आज पनि समय खराब रहनेछ । आज चिसो र पखालालाले ठूलो दुःख दिने सम्भावना छ । त्यसकारण पानी उमालेर मात्रै पिउनुहोला । सडे गलेको बासी खाना होटलमा नखानुहोला । पिसाव सम्बन्धी रोग एक्कासी देखापर्न सक्छ । एक पटक स्वास्थ्य जाँच गराउनु नै उचित हुनेछ । आज गरेको लगानीबाट नोक्सानी हुनसक्छ । त्यसकारण लेनदेन व्यापार सबै कार्यमा विशेष ख्याल गर्नुहोला ।
मीन : आज केही खर्च लागे पनि नयाँ काममा लगानी गर्ने समय छ । मिहिनेतले प्रतिस्पर्धीहरू पछि पर्नेछन् । प्रयत्न गर्दा देश–विदेशको यात्रा गर्ने अवसर प्राप्त हुनेछ । अरूको करकापमा गरिएको कामसमेत लाभदायी बन्न सक्छ । पछिका लागि केही वस्तु त्याग्नुपर्ने वा आफन्तबाट टाढिनुपर्ने परिस्थिति आउन सक्छ। सरसापटमा गएको रकमले समेत मनग्गे फाइदा दिनेछ ।
साइतः सूर्य वृष राशिमा, चन्द्रमा वृष राशिमा रहनेछ । त्यसैले पूर्व र दक्षिणबाहेक अन्य दिशाको यात्रा नगर्नुहोला । आज शुक्रबार परेकाले पश्चिम दिशाको यात्रा गर्दै नगर्नुहोला । आज उत्तर र पश्चिमतर्फको यात्रा पनि बाध्यताबश गर्नैपरेको छ भने धार्मिक उपाय अपनाएर शुभ बेलामा गर्दा राम्रो हुनेछ ।
शुभ लाभादि बेला (दिवा)
बिहान ५ः०७ बजेदेखि ६ः५१ बजेसम्म चर बेला
बिहान ६ः५१ बजेदेखि ८ः३५ बजेसम्म लाभ बेला
बिहान ८ः३५ बजेदेखि १०ः१८ बजेसम्म अमृत बेला
बिहान १०ः१८ बजेदेखि १२ः०२ बजेसम्म काल बेला
मध्यान्ह १२ः०२ बजेदेखि १ः४५ बजेसम्म शुभ बेला
दिनमा १ः४५ बजेदेखि ३ः२९ बजेसम्म रोग बेला
दिनमा ३ः२९ बजेदेखि ५ः१२ बजेसम्म उद्धेग बेला
दिनमा ५ः१२ बजेदेखि ६ः५६ बजेसम्म चर बेला
शुभ लाभादि बेला (रात्रि)
साँझ ६ः५६ बजेदेखि ८ः१२ बजेसम्म लाभ बेला
राति ८ः१२ बजेदेखि ९ः२९ बजेसम्म अमृत बेला
राति ९ः२९ बजेदेखि १०ः४४ बजेसम्म काल बेला
राति १०ः४४ बजेदेखि १२ः०२ बजेसम्म शुभ बेला
राति १२ः०२ बजेदेखि १ः१८ बजेसम्म रोग बेला
राति १ः१८ बजेदेखि २ः३४ बजेसम्म उद्धेग बेला
रातिमा २ः३४ बजेदेखि ३ः५१ बजेसम्म चर बेला
रातिमा ३ः५१ बजेदेखि ५ः०७ बजेसम्म लाभ बेला
यसमा चर भन्दा शुभ, शुभ भन्दा लाभ राम्रो, लाभ भन्दा अमृत सबैभन्दा राम्रो मानिन्छ । त्यसैले जे काम गर्दा पनि शुभ, लाभ र अमृत बेला पार्नुहोला ।
राहुकाल समय : बिहानमा १०ः३० देखि १२ः०० बजेसम्म राहुकाल अर्थात सबैभन्दा खराब समय रहनेछ । यो समय भित्र यात्रा, लेनदेन, ठूलो लगानी, नयाँ निर्णय केही पनि गर्नु परिणाम राम्रो हुँदैन ।
नोट : यो पञ्चांगको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि काठमाडौं, नेपालको अक्षांश २७ः४२ उत्तर तथा देशान्तर ८५ः१८ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेदस्थान र विपरीत वेदस्थान समेतको गणना गरिएको छ ।