arrow

झकास अभिनेताले गर्दै बिगबोसको सञ्चालन

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ २५ शुक्रबार
anil-kapoor-2024-6-7.jpg

काठमाडौँ । भारतीय चर्चित रियालिटी शो बिगबोस ओटीटीको तेस्रो सिजनको होस्ट बलिउडका झकास अभिनेता अनिल कपुरले गर्ने भएका छन् ।

यसअघि सलमान खानले होस्ट गरेको बिगबोस ओटीटीको यो सिजन उनले नभ्याउने भएपछि अनिल कपुरले होस्ट गर्ने जानकारी दिइएको छ । जियो सिनेमाले बिगबोस ओटीटीको तेस्रो सिजन अनिल कपुरले होस्ट गर्ने बताएको छ ।

यसअघि यस शोका लागि संजय दत्तले होस्ट गर्ने चर्चा चलेको थियो ।

बिग बोसको टेलिभिजनमा प्रशारण हुने शो को लोकप्रियतालाई ध्यान दिदै यसअघि दुई सिजन ओटीटी संस्करण बनाइएको थियो ।  बिगबोस ओटीटीको पहिलो सिजना अभिनेत्री दिव्या अग्रवालले जितेकी थिइन् भने दोस्रो संस्करण युट्युबर एल्भिस यादवले जितेका थिए ।

यस सिजनमा नुपुर सेनन, तनुश्री दत्त, अनुषा डांडेकर, अहाना देओल, त्रिशाला दत्त, भाव्या गान्धी जस्ता सेलिब्रेटीले भाग लिने चर्चा रहेको छ । यस सिजनको बिगबोस ओटीटी जुन २१ देखि प्रशारण हुँदैछ ।                



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ