arrow

कांग्रेस सबैको साझा पार्टी : सहमहामन्त्री परियार

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ २७ आइतबार
jeewan-pariyar-congress-2080-02-26.jpg
तस्बिर-फाइल

लमजुङ । नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियारले कांग्रेस मात्रै सबैको साझा पार्टी भएको बताएका छन् । 

लमजुङका पार्टी कार्यकर्तालाई प्रशिक्षण दिने क्रममा परियारले कांग्रेस विरासत बोकेको पार्टी भएको उल्लेख गर्दै कार्यकर्तालाई जनताको भावना बुझेर काम गर्न निर्देशनसमेत दिए ।

उनले नेपाली कांग्रेसको वर्तमान अवस्था र भावी रणनीतिक कार्यदिशा विषयमा प्रशिक्षण दिएका थिए ।

उनले महिला, दलित, अल्पसङ्ख्यक र पिछडिएका वर्गलाई कांग्रेसले २००६ सालदेखि नै पार्टीका विभिन्न समितिमा प्रतिनिधित्व गराउँदै आएको उल्लेख गर्दै कांग्रेस सबैको साझा पार्टी भएको बताए । 

उनले कार्यकर्ताहरु नियमित रुपमा जिल्ला, नगर र वडा समितिको बैठक बसी गतिविधिको समीक्षा गर्न सुझाव दिए । 

नेपाली कांग्रेस सुन्दरबजार नगरपालिकाको आयोजनामा भएको प्रशिक्षणमा जिल्ला कार्यसमिति प्रशिक्षण शाखाको प्राविधिक सहयोग रहेको थियो । 

सो अवसरमा सहमहामन्त्री परियारसँगै गण्डकी प्रदेश सहमहामन्त्री विष्णुप्रसाद लामिछाने, जिल्ला उपसभापति तथा प्रशिक्षण शाखा प्रमुख आनन्द घिमिरे र कार्यकर्ताको सहभागिता थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ