arrow

सुदूरपश्चिममा एमाले र माओवादी सरकारमा जाने तयारीमा

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ २८ सोमबार
sudurpaschim-uml-minister.jpg

धनगढी। सुदूरपश्चिम प्रदेशमा नेकपा एमाले र माओवादी केन्द्र सरकारमा जाने तयारीमा रहेका छन्। नेकपा एमाले र माओवादी केन्द्र सरकारमा जाने भएपछि उनीहरूलाई ३-३ मन्त्रालय दिने तयारी गरिएको छ।

सुदूरपश्चिममा अहिले मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयसहित ७ वटा मन्त्रालय रहेकोमा अब भागबन्डा पुर्‍याउन मन्त्रालय फुटाएर १० पुर्‍याउन लागिएको छ। संविधानमा रहेको प्रदेश सभा सदस्य सङ्ख्याको २० प्रतिशतसम्म मन्त्रालय बनाउन पाउने प्रावधानलाई आधार बनाएर १० मन्त्रालय बनाउन लागिएको स्रोतले बताएको छ। सुदूरपश्चिम प्रदेश सभामा ५३ सांसद रहेका छन्।

वैशाख ६ गते मुख्यमन्त्री बनेका एकीकृत समाजवादीका दीर्घ बहादुर सोडारीले गठबन्धनमा विवाद भएपछि अहिलेसम्म सरकारलाई पूर्णता दिन सकेका छैनन्। केन्द्रको गठबन्धनमा खटपट भएपछि एमाले र माओवादी केन्द्रले तत्काल सरकारमा नजाने अडान लिँदै आएका थिए। तर एकीकृत समाजवादीले सुदूरपश्चिममा सरकारलाई पूर्णता दिन सहयोग नगरे मधेस प्रदेशमा गठबन्धनमा नआउने अडान लिए पछि एमाले र माओवादी सुदूरपश्चिममा सरकारमा सहभागी हान तयार भएका हुन्।

स्रोतका अनुसार मुख्यमन्त्री सोडारीले भौतिक पूर्वाधार विकास मन्त्रालय, सामाजिक विकास मन्त्रालय र उद्योग पर्यटन बन तथा वातावरण मन्त्रालय विभाजन गरेर एमाले माओवादीलाई भागबन्डा पुर्‍याउने तयारी गरेका छन्।

अहिले सुदूरपश्चिममा मुख्यमन्त्री सोडारीसहित तीन जनाको मन्त्रिपरिषद् रहेको छ। जसमा दुई जना नाउपाको रन्जिता पक्षका छन्। अहिले कैलाश चौधरी भौतिक पूर्वाधार मन्त्री छन् भने टीका थापा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री रहेकी छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ