arrow

अर्घाखाँची एमालेको नेतृत्वमा पिताम्बर, अन्य पदाधिकारी को को ? 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ २८ सोमबार
CPN-UML-Flag.jpeg
तस्बिर – फाइल ।

अर्घाखाँची । नेकपा एमाले अर्घाखाँचीको अध्यक्षमा पिताम्बर भुसाल सर्वसम्मत चयन भएका छन् । शनिबारदेखि सदरमुकाम सन्धिखर्कमा चलेको भएको अधिवेशनमा अध्यक्षमा भुसाल र सचिवमा तोजबहादुर रायमाझी सर्वसम्मत रुपमा चयन भएका हुन् ।

यस्तै उपाध्यक्ष र सहसचिव लगायतका पदमा भने निर्वाचन भएको छ । उपाध्यक्ष पदमा शम्भु पोख्रेल ३ २४ मत प्राप्त गर्दै विजयी भएका छन् भने उनका निकटम प्रतिद्वन्द्वी प्रेम नारायण गैरेले १९९ मत प्राप्त गरेका थिए ।

यस्तै उप–सचिवमा खगिस्वर पन्थीले ३१४ मत प्राप्त गर्दै विजयी भएका छन् भने उनका प्रतिद्वन्द्वी श्रीकृष्ण भुसालले १८९ मत प्राप्त गरेका थिए । यस्तै महिला तर्फबाट उपसचिव पदमा शिवकला बि।क।ले ३४८ मतसहित विजयी भएकी छन् ।

यस्तै महिला सदस्यमा कमला खनाल भण्डारी ,दिपा पन्थी आचार्य ,देवी थापा भुसाल मिश्रा आचार्य विजयी भएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ