arrow

प्रिमियम ब्राण्डको पहिचान बनाउँदै ‘ब्ल्याक एण्ड डेकर’, एकपटक किनेपछि जीवनभर ढुक्क

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ २८ सोमबार
black+decker-81-2-28.jpg

काठमाडौँ । चौधरी ग्रुपको सीजी इलेक्ट्रोनिक्स अन्तर्गत नेपालमा बिक्री हुने ब्राण्डमध्ये एउटा हो ‘ब्ल्याक एण्ड डेकर’ । सीजी इलेक्ट्रोनिक्सले अहिले आफ्नै सीजी बाण्ड, एलजी ब्राण्ड, सेन्सेई, टीसीएल, माइडिया, बेको, क्रोम्प्टन, पिजन, गोदरेज, केन्ट, एलिका लगायत ब्राण्डका सामानहरुको बिक्रीवितरण गर्दै आएको छ । 

यसमध्ये अमेरिकन ब्राण्ड ‘ब्ल्याक एण्ड टेकर’ले प्रिमियम ब्राण्डको रुपमा नेपाली बजारमा पछिल्लो समय छुट्टै छाप छोड्न सफल भएको सीजी इलेक्ट्रोनिक्स अन्तर्गत ब्ल्याक एण्ड टेकरको बिक्री हेर्ने सिनियर म्यानेजर मनमोहन झा बताउँछन् । 

उनका अनुसार यो ब्राण्ड स्मल एप्लाइन्सेसको लागि अमेरिकामै पनि प्रिमियम ब्राण्ड हो । १८० वर्षको इतिहास बनाइसकेको यो ब्राण्ड विश्वका सबैजसो देशमा फैलिएको छ । ग्राहकको आवश्यकता र रुचीलाई गहन ढंगले अध्ययन गरेर नयाँ प्रोडक्ट ल्याउने भएकोले यो विश्वमा एकदमै रुचाइएको ब्राण्डमा पर्ने झा बताउँछन् । 

सीजी इलेक्ट्रोनिक्सले अहिले यो ब्राण्डलाई प्रिमियम ब्राण्डको रुपमा उच्च तथा उच्चमध्यम वर्गको आयस्रोत भएका ग्राहकहरुलाई लक्षित गरेर बिक्री वितरण गर्दै आएको छ । 

यो सामान तुलनात्मक रुपमा केही महँगो भए पनि यो लाइफटाइम प्रोडक्ट भएको झा बताउँछन् । झा भन्छन्,‘ब्ल्याक एण्ड टेकरमा अरु ब्राण्डहरुको तुलनामा एस्योरेन्स धेरै छ । यसलाई ग्राहकले पूर्ण विश्वासको साथ किन्न सक्नुहुन्छ । ग्राहकले एकपटक ब्ल्याक एण्ड डेकरको सामान किन्नुभएको छ भने मलाइ लाग्दैन कि जीवनमा त्यो फेरि किन्नुपर्छ । कुनै टुटफुट र फिजिकल ड्यामेज चाहिँ हुन भएन ।’

सीजी इलेक्ट्रोनिक्स अन्तर्गत ब्ल्याक एण्ड टेकरको बिक्री हेर्ने सिनियर म्यानेजर मनमोहन झा

के के छन् ब्ल्याक एण्ड डेकरका प्रोडक्ट ? 

अहिले यो ब्राण्ड अन्तर्गत नेपालमा ३०–३२ वटा प्रोडक्ट लाइनअप रहेको झा बताउँछन् । प्रत्येक लाइनअप अन्तर्गत फरक फरक मोडलहरु रहेका छन् । ग्राहकले आफ्नो साइज र डिजाइन रोजेर सामान किन्नसक्ने अवस्था रहेको कम्पनीको दाबी छ । 

खासगरी एयर फ्रायर, आइरन, भ्याकुम क्लिनर, फ्यान, वाटर डिस्पेन्सर, स्टिमअप, इलेक्ट्रिक ओभन, कुकवेयर, कुकटप, हिटर, जुसर, मिक्सचर ग्लिन्डर, ब्लेन्डर, चपर लाइनअपहरु यो ब्राण्ड अन्तर्गत मुख्य छन् । यद्यपि स्मल डोमेस्टिक एप्लाइन्सेस (एसडीए) अन्तर्गत घरमा आवश्यक सबै सामानहरु यसअन्तर्गत पाइने कम्पनीको भनाइ छ । 

यो ब्राण्ड अन्तर्गत सबैभन्दा बढी रुचाइएको प्रोडक्ट एयरफ्रायर हो । यसले तेल नै नहालिकन विभिन्न परिकारलाई मिठोगरी पकाउन सहयोग गर्छ । कतिपय मुटु र कोलेट्रोलसँग सम्बन्धित समस्या भएकालाई डाक्टरले तेल नखान सुझाव दिएका हुन्छन् । कतिपयले यस्तो रोग आउने अवस्था नहोस् भनेर सावधानीका लागि पनि तेल खाँदैनन् । यस्तो अवस्थामा तेलविना नै पकाउनसक्नेगरी आएको यो प्रोडक्टमा रुचि बढी देखिन्छ । 

सिनियर म्यानेजर झा भन्छन्, ‘पछिल्लो समय ठूला एयर फ्रायरको माग धेरै हुन थालेको छ । सुरुमा ४ र ६ लिटरमा एयर फ्रायर बडी बिक्री हुने गरेकोमा अहिले ८ र १२ लिटरको माग बढ्न थालेको छ ताकि सिङ्गै चिकेनलाई एकैपटक फ्राइ गर्न सकियोस् ।’ 

त्यस्तै बजारमा सामान्यतया सुख्खा ठाउँमा लगाउने भ्याकुम उपलब्ध हुने गरेकोमा यो ब्राण्डले सुख्खा र चिसोको लागि समेत प्रयोग गर्ने भ्याकुम क्लिनर उपलब्ध रहेको कम्पनीको भनाइ छ ।  

त्यस्तै डस्ट बस्टर र कार भ्याकुम पनि नेपालमा बिक्री हुँदै आएको छ । टस्ट बस्टरले टेबुल भ्याकुमको काम गर्छ । यसमध्ये कतिपय ब्याट्रीले चल्ने तथा कतिपय लाइन जोड्नुपर्ने खालका छन् । 

त्यस्तै इलेक्ट्रिक प्रेसर कुकर, बोयलर मिक्सचर, ब्लेन्डर लगायत छन् । फुड प्रोसेसर, कफी मेकर र सँगै कफी बिन मेकर, घरमा मःमः ससेज लगायत बनाउनको लागि मिट मेन्सर पनि छ । त्यस्तै आइरन अन्तर्गत सामान्यदेखि ह्याङ्गरमै कपडालाई झुन्ड्याएर लगाउन मिल्ने खालको छ । यसो हुँदा कपडालाई सुताएर आइरन गरिराख्नु पर्दैन । 

के के छन् सुविधा, कति पर्छ मूल्य ? 

ब्ल्याक एण्ड डेकरका सामानहरु सामान्यतया ३ हजार रुपैयाँदेखि ४५ हजार रुपैयाँसम्मका छन् । स्मार्ट डोमेस्टिक एप्लाइन्सेस भएका कारण यस अन्तर्गत बिक्री हुने अधिकांश सामान २०–२५ हजार रुपैयाँ रेञ्जसम्मको हुने झा बताउँछन् । 

त्योभन्दा महँगो केही सामान भए पनि त्यसमा बिक्रीको रेञ्ज धेरै छैन । तुलनात्मक रुममा प्रिमियम ब्राण्ड भए पनि साना एप्लाइन्सेस भएका कारण मूल्यको रेञ्ज थोरै देखिन्छ । 

यी सामानहरुमा सीजीले २ वर्षको वारेन्टी सुविधा दिएको छ । यदि यो अवधिमा सामानका केही ठूलै खराबी भयो भने रिप्लेसमेन्ट ग्यारेन्टी समेत दिने गरेको झाको भनाइ छ । उनी भन्छन्, ‘केही समस्या आयो भने हामी एकपटक हेर्छौं, सानोतिनो समस्या छ भने बनाएर पठाउँछौँ, ठूलो समस्या आयो भने हामी रिप्लेसमेन्ट नै दिन्छौँ । किनभने हामीले ग्राहकसँग उच्च विश्वासका साथ सम्बन्ध राख्छौँ ।’

अहिले ब्ल्याक ऐण्ड टेकरका सामानहरु मुख्यतया डिपार्टमेन्टल स्टोर तथा बढी जनघनत्व र उच्च वर्गको बजार जस्तै भाटभटेनी, न्यूरोडलगायत क्षेत्रका डिलरहरुमा मुख्यतया उपलब्ध हुने गरेको छ । 

यी क्षेत्रबाटै बढी बिक्रीसमेत हुँदै आएको सीजीको तथ्यांक छ । अहिले नेपालमा ब्ल्याक एण्ड डेकरको सामान बिक्री हुन थालेको चारदेखि पाँच वर्ष भयो ।

अहिलेसम्मको सेवाका आधारमा ग्राकहरु सन्तुष्ट रहेको पाएको र यो लाइफटाइम चल्ने प्रिमियम ब्राण्ड हो भन्ने माइन्सेट बनिसकेको कम्पनीको दाबी छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ