arrow

बुद्ध भूमिमा बससँग ठोक्किँदा पिकअपका चालकको मृत्यु, आठ घाइते 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ २९ मंगलबार
accident-final.jpg

कपिलवस्तु । कपिलवस्तुको बुद्ध भूमि नगरपालिका ४ झडुलामाईमा यात्रु बाहक बस र पिक अप ठोक्किँदा एक जनाको मृत्यु भएको छ। आठ जना घाइते भएका छन् । 

मंगलबार बिहान ५ः३० बजे काठमाडौंबाट सुर्खेत जाँदै गरेको कप्र ०२–००१ख ०५२५ नम्बरको बस र लु१च ९२८४ नम्बरको पिक अप एक आपसमा ठोक्किएका थिए। 

घटनामा परी पिकअप चालक कपिलवस्तु शिवराज नगरपालिका बस्ने हिरालाल बढईको घटना स्थलमा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी निरीक्षक अनीश भण्डारीले बताए।

ठक्करपछि पिकअपमा च्यापिएका बढईको २ घण्टापछि उद्धार गरिएको थियो। घाइतेलाई उपचारको लागि बुटवल पठाइएको प्रहरीले जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ