arrow

सरकारलाई गौतमले सोधे- साम्यवादी भन्ने अनि पूँजीवादी बजेट ल्याउने ? [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ २९ मंगलबार
sanjay-gautam-parliament.jpg

काठमाडौँ । नेपाली कांग्रेसका सांसद सञ्जय गौतमले सरकारले ल्याएको कृषिसम्बन्धी कार्यक्रमले मुलुकको समृद्धिको यात्रा तय गर्न नसक्ने दाबी गरेका छन् ।

मंगलबार प्रतिनिधि सभा बैठकमा युवा तथा खेलकुद मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र कृषि तथा पशुपक्षी विकास मन्त्रालयको आगामी आर्थिक वर्षका विनियोजन विधेयकमाथिको छलफलमा भाग लिँदै उनले सो कुरा बताएका हुन् । 

उनले समाजवाद उन्मुख भन्नेहरूले पनि पूँजीवाद उन्मुख भएर कृषि सम्बन्धी कार्यक्रम र बजेट ल्याएको उल्लेख गर्दै त्यसले साना किसानको हितमा काम गर्न नसक्ने बताए । सांसद गौतमले नेपाललाई किसानहरूको देशको रूपमा विकास गर्ने गरी नीति, कार्यक्रम र बजेट ल्याउन पनि सरकारको ध्यानाकर्षण गराए । उनले शहरै शहरको परिकल्पना गरेर र ठूलो किसान तथा व्यापारीहरूको हित हेरेर मुलुकमा कृषि क्रान्ति हुन नसक्ने पनि बताए ।

सांसद गौतमले भने, ‘भन्नलाई साम्यवादी भन्नुहुन्छ । समाजवाद उन्मुख भन्नु हुन्छ । यो कृषिको कार्यक्रम त पूँजीवाद उन्मुख छ । कहाँबाट यो समाजवादतिर उन्मुख छ ? यसले त ठूलो किसानहरूलाई मात्रै ध्यान दिन्छ । व्यापारीहरूलाई मात्रै ध्यान दिन्छ । यसले फेरी समृद्धिको यात्रा तय गर्दैन । त्यसकारण यसमा मेरो घोर असहमति छ । मेरो विज्ञहरूसँग आग्रह छ । नेपाललाई किसानको देश बनाऔँ । यसलाई गाउँको देश बनाऔँ । सहरै सहरको परिकल्पना नगरौँ । ’

सांसद गौतमले भन्ने बेलामा समाजवाद भन्ने अनि बजेट पूँजीवादी ल्याउने काम सरकारले गरेकाले त्यसमा आफ्नो असहमति रहेको बताए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ