arrow

राजनीतिक पूर्वाग्रह साँधेर सरकारले राजदूतहरूलाई फिर्ता बोलायो [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ २९ मंगलबार
prakashsharan-mahat-.jpg

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले विभिन्न देशका राजदूतहरू हटाउने गलत निर्णय गरेको टिप्पणी गरेका छन् । मंगलबार संघीय संसद भवन परिसरमा सञ्चारकर्मीमाझ उनले राजनीतिक पूर्वाग्रह साँधेर सरकारले भारत, अमेरिकालगायतका देशको हितमा काम गरिरहेका राजदुतहरुलाई फिर्ता बोलाउने निर्णय गरेर गल्ती गरेको बताएका हुन् । 

प्रवक्ता महतले सरकारले देशको लागि नभई आफ्नो मान्छे पठाउनका लागि विभिन्न देशको राजदूत फिर्ता बोलाउने निर्णय लिएको आरोप पनि लगाए । सरकारले देशको लागि काम गर्ने नभई आफ्नालाई पठाउन राजदूत फिर्ता बोलाउने निर्णय लिएको उनको भनाई थियो । प्रवक्ता महतले नेपालको हितमा काम गरिरहेका राजदुतहरुलाई फिर्ता बोलाउने सरकारको निर्णय उचित नभएको बताए ।

उनले भने, ‘भारत सरकारले निमन्त्रणा गर्‍यो, उन जानु भयो । त्यसमा त मलाई केही भन्नु छैन । अव प्रतिफलमुखी हुने भनेको चाहिँ हामी आफैमा निर्भर छ । हामीले आफ्नो आवश्यकता, आफ्ना कुराहरूलाई ठिक ढङ्गले राख्न सक्यौ भने, बुझाउन सक्यौ भने, तर्कपूर्ण तरिकाबाट प्रस्तुत हुन सक्यौँ भने हाम्रो मूलभूत राजनीतिको समस्या के छ भने हामीमा आत्मविश्वासको कमी छ । कहिलेकाहीँ हामी चाहिनेभन्दा बढी प्रतिक्रिया दिन्छांै । कहिले हामी बोल्नुपर्ने ठाउँमा पनि बोल्दैनौँ । यो जुन प्रवृत्ति छ । त्यसले नेपालको जुन हैसियत विकसित गर्नुपर्ने हो । र, आफ्ना राष्ट्रिय स्वार्थहरूलाई प्रोटेक्ट गर्नुपर्ने हो, त्यो गर्न सकेका छैनौ । जस्तो उहाँहरुले तमाम राजदुतहरुलाई हटाए । अव अमेरिका, बेलायत, भारतका राजदूतहरू अत्यन्तै प्रोफेशनल हुन । जसले नियुक्ति गरेको भए पनि उहमङ्हगरु नियुक्ति गर्नेहरूप्रति लोयल होइन, देशको प्रतिनिधित्व गरिरहनुभएको छ । जुनसुकै सरकार भए पनि देशको हितका लागि उहाँहरुले काम गरिरहनुभएको छ । त्यसको बाबदुत यो जसरी गरियो पूर्वाग्रहपूर्ण तरिकाबाट । यो अत्यन्त व्यावसायिक हैसियत राख्ने केही महत्त्वपूर्ण राजदूतहरू हुनुहुन्छ । उनहरुले सिर्फ नेपालको हित कसरी हुन्छ ? भनेर काम गरिरहनु भएको छ । उनहरुले कुन पार्टीको सरकार भनेर काम गरिरहनुभएको छैन । तापनि यो सरकारको के प्राथमिकता भयो भने मेरो मान्छे पठाउनु पर्‍यो । देशको लागि काम गर्ने मान्छे होइन । मेरो मान्छे त्यहाँ पठाउनु पर्‍यो भन्ने मान्यताबाट यो निर्णय भएको छ । यो गलत छ । र यो भ्रमणको सिलसिलामा हुने भनेको त झन् राम्रो होइन । ’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ