arrow

स्नातकका लागि रोजगारी अभियान

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ ३० बुधबार
china-flag-ani.jpg

बेइजिङ । चीनको मानव संशाधन तथा सामाजिक सुरक्षा मन्त्रालयले उच्च शिक्षा अर्थात् कलेजबाट स्नातक सकेका विद्यार्थीलाई लक्षित गरी एक करोडभन्दा बढी रोजगारी उपलब्ध गराउने उद्देश्यले मङ्गलबार १०० दिने भर्ती अभियान सुरु गरेको छ ।

अभियानको पहिलो हप्तामा चारवटा अनलाइन रोजगार मेलाहरू हुनेछन् । यसमा लगभग २६ हजार रोजगारदाताले इन्टरनेट, स्वास्थ्य सेवा, वित्त, ऊर्जा र उत्पादन क्षेत्रमा दुई लाख ५९ हजार रोजगारीको अवसर प्रदान गर्ने मन्त्रालयले जनाएको छ । 

अभियान विभिन्न अनलाइन प्लेटफर्मले विभिन्न अवधिमा हुने रोजगारीको वास्तविक तथ्याङ्कबारे जानकारी प्रकाशित गर्न, लाइभ स्ट्रिम गरिएको रोजगार मेलाको आयोजना गर्न र रोजगारीको अवसर खोज्नेहरूका लागि मार्गदर्शन प्रदान गर्न लाभदायी बन्नेछ ।

अभियानको एक भागको रूपमा व्यक्ति-व्यक्तिबीच कार्यक्रमहरू पनि आयोजना गरिनेछ । यस वर्ष चीनमा एक करोड १७ लाखभन्दा बढी कलेज विद्यार्थीहरूले स्नातक गर्न लागेका सन् २०२४ को सरकारी कार्य प्रतिवेदनमा उल्लेख गरिएको छ । 

प्रतिवेदनमा भनिएको छ, “हामीले युवा लक्षित रोजगारी प्रवद्र्धधन गर्न र उनीहरूलाई जागिर सुरक्षित गर्न वा व्यवसाय सुरु गर्न मद्दत गर्न अझ राम्रो मार्गदर्शन र सेवाहरू प्रदान गर्न आवश्यक छ ।”  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ