arrow

रुखबाट लडेर महिलाको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ ३० बुधबार
Syangja_district_map.png

पोखरा । स्याङ्जामा पिपलको रुखबाट लडेर एक महिलाको ज्यान गएको छ ।

मृत्यु हुनेमा चापाकोट नगरपालिका वडा नं. ७ साँखरकी ३५ वर्षीया सिर्जना ढकाल रहेकी छन् ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक (डीएसी) इन्द्रबहादुर रानाका अनुसार ढकाल आज बिहान ७ बजे आफ्नै बारीमा रहेको पिपलको रूखमा चढी घाँस काट्ने क्रममा अचानक लडेर गम्भीर घाइते भएकी थिइन् ।

उनको उद्धार गरी उपचारका लागि रामपुर अस्पताल पाल्पा लगिएको र उपचारकै क्रममा बिहान ९ः३० बजे मृत्यु भएको डीएसपी रानाले जानकारी दिए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ