arrow

काठमाडौँ एमालेमा विद्यादेवी निकटका निरौला 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ ३० बुधबार
uml-kathmandu-81-2-30.jpg

काठमाडौँ । नेकपा एमाले काठमाडौँको अध्यक्षमा दिपक निरौला निर्वाचित भएका छन् । निरौला प्रतिस्पर्धी निर्मल देउलालाई हराउँदै अध्यक्ष चुनिएका हुन् । 

उनी यसअघि पनि अध्यक्षनै थिए । निरौलाले ३७० मत प्राप्त गरेका थिए भने देउलाले १९१ मत प्राप्त गरेका छन् । निरौला एमालेकी तत्कालीन उपाध्यक्ष तथा निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी निकट मानिन्छन् ।

त्यस्तै उपाध्यक्षमा विश्वराम सापकोटाले नवराज पराजुलीलाई पराजित गरेका छन् । सापकोटाले २६४ र पराजुलीले १७४ मत पाएका छन् ।

त्यस्तै सचिवमा राजेश शाक्य ३७० मत ल्याएर विजयी भएका छन् भने प्रतिस्पर्धी सत्यनारायण डंगोल १९१ मत ल्याएर पराजित बनेका छन् । 

त्यस्तै उपसचिवमा उद्धव भण्डारी र बिन्दू महर्जन विजयी भएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ