arrow

टिकापुर घटना गराउनेको नाम सार्वजनिक गर्ने बेला भयो-  रेशम चौधरी [भिडियो]

घटना कसले गरायो हामीलाई नसोध्नुस् , लाल आयोगलाई सोध्नुस्

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ ३० बुधबार
resham-chaudhary-02-31.jpg

काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरीले टिकापुर घटनामा जबरजस्ती दोषी बनाइएका थारुहरूलाई उचित क्षतिपूर्तिसहित राज्यले माफी माग्नुपर्ने बताएका छन् । बुधवार काठमाडौँमा उनले घाइतेलाई रिक्सामा हालेर अस्पताल पुर्‍याउनु अपराध हो ? भन्दै प्रश्न गरे । उनले टिकापुर घटना गराउनेको नाम सार्वजनिक गर्ने बेला भइसकेको बताए । 

उनले कसले घटना गरायो भन्ने कुरा लाल आयोगलाई सोध्न आग्रह गरे । उनले साढे १० हजार जनप्रतिनिधि र १ लाख ३९ हजार थारुहरू जम्मा भएको नागरिक उन्मुक्तिको महाधिवेशनलाई निर्वाचन आयोगले अवैध ठहर गर्नु दुःखको कुरा भएको बताए ।

उनले भने, ‘सबैभन्दा पहिला टिकापुर घटनामा जबरजस्ती दोषी बनाइएका थारुहरूलाई उचित क्षतिपूर्तिसहित राज्यले माफी माग्ने बन्दोबस्त मिलाउनुपर्छ । हाम्रो के अपराध थियो । जसले घाइतेलाई रिक्सामा हालेर अस्पताल पुर्‍यायो त्यो साढे ८ वर्ष जेल बस्नुपर्ने ? घाइतेलाई उठाएर उपभार गर्नेले आठ वर्षसम्म जेलको कालकोठीमा सड्नुपर्ने ? अब जाक्नेवालाको खोजीनिती गर्नुस् । घटना कसले गरायो हामीलाई नसोध्नुस् । लाल आयोगलाई सोध्नुस् । मान्छेको नाम भन्नुपर्छ भने हामी भनिदिन्छौँ । टिकापुरको अब नाम भन्ने बेला आएको छ । साढे १० हजार जनप्रतिनिधि र १ लाख ३९ हजार थारुहरू जम्मा भएको नागरिक उन्मुक्तिको महाधिवेशनलाई निर्वाचन आयोगले अवैध भनिदिने ? महाधिवेशन नै नगर्ने पार्टीहरू वैध, पुसको कठ्याङ्ग्रिने जाडोमा जनताहरू आएर गरेको महाधिवेशन अवैध ?’
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ