arrow

आफूले भाग लिन नपाए निर्वाचन नै नहुने रेशम चौधरीको चेतावनी [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक १४ शुक्रबार
reshamlal-chaudhary.jpg

पोखरा । नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशललाल चौधरीले आफूले भाग लिन नपाए मुलुकमा निर्वाचन नै नहुने बताएका छन् । 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले शुक्रबार काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा उनले लक्ष्मण थारु, धनिराम थारु, आफूले निर्वाचनमा भाग लिन नपाउने त्यस्तो चुनाव हुन नदिने चेतावनी दिएका छन् । 

संरक्षक चौधरीले आफूहरू थारु समुदायको विद्रोहको प्रतिनिधि भएकाले कसैले पनि निर्वाचनमा भाग लिन रोक्न नहुने जिकिर समेत गरे ।

उनले कुनै पनि समुदायको विद्रोहलाई पन्छाएर निर्वाचन हुनै नसक्ने पनि बताए । 

संरक्षक चौधरीले भने, ‘अहिले चुनाव लड्न दिन्न भन्छन् । पुरुषोत्तम यादवजीले भन्नुभयो । नेता हुन्न दिन्न भन्छन् । देश परिवर्तन गर्ने हामी । संविधानमा अधिकार ल्याउनुपर्छ भनेर लडने हामी । कलम चलाउनेले फैसला गरिदिने ? अनि त्यो फैसलालाई हामीले मानिदिनुपर्ने ? रेशम थारु, लक्ष्मण थारु, धनिराम थारुले यो चुनावमा भाग लिन पाएन भने म यस मञ्चबाट भन्छु-फेरि यो देशमा चुनाव हुँदैन । के को चुनाव हुन्छ ? सिंगो समुदायको विद्रोहलाई पन्छाएर चुनाव हुन्छ ?’

संरक्षक चौधरीले जेन–जी आन्दोलन आम नागरिकको विद्रोह भएको दाबीसमेत गरे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ