arrow

छुटे रेशम चौधरी

logo
हाम्रा कुरा
प्रकाशित २०८२ वैशाख १७ बुधबार
resham-chaudhary-sanjita-shrestha.jpg

काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी रिहा भएका छन् । सर्वोच्च अदालतको अनधिकृत पत्रबाट बुधबार दिउँसो प्रज्ञा भवनबाट पक्राउ परेका चौधरी साँझ डिल्लीबजार कारागारबाट रिहा भएका हुन् । 

जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबीचको एकता सभामा सहभागी हुन प्रज्ञाभवन गएका बेला उनी एकाएक पक्राउ परेका थिए ।

सर्वोच्चले आधिकारिक पत्रमार्फत यसअघिको पत्र अनधिकृत भएको र सो पत्रका आधारमा पक्राउ परेका भए रिहा गर्न भनेको थियो ।

‘यस अदालतको मुद्दा तथा रिट महाशाखा उल्लेख भई च नं १९२७७, मिति २०८२।१।१७ मा कैदमा राख पठाइएको सम्बन्धमा भन्ने विषयमा श्री कारागार कार्यालय डिल्लीबजारका नाममा लेखिएको पत्र यस अदालतको आधिकारिक पत्र नभएको हुँदा उक्त पत्र कार्यान्वयन नगरी उक्त पत्र बमोजिम कैलाली जिल्ला साविक दुर्गौली गाविस वडा नं ८ हाल जानकी गाँउपालिका वडा नं ६ घर भएका लालवीर चौधरीको छोरा रेशमलाल चौधरी पक्राउ परेको भए तत्काल कैद र थुनामुक्त गरिदिनुहुन अनुरोध छ,’ प्रहरी महानिरीक्षकलाई बोधार्थ दिएको पत्रमा भनिएको थियो ।

चौधरीलाई पक्रन ‘नक्कली पत्र लेख्ने’ सर्वोच्च अदालतका शाखा अधिकृत महिमानसिंह विष्ट भने यतिखेर जिल्ला प्रहरी परिसर, भद्रकालीको नियन्त्रणमा रहेका छन् । विष्टलाई सर्वोच्च अदालत सुरक्षा इकाइले पक्राउ गरेर आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौँको जिम्मा लगाएको हो ।

 उनले टीकापुरका हत्या भएको ब्यक्ति सम्झेरु सो नक्कली पत्र लेखेको प्रारम्भिक बयान दिएका छन् । उनीमाथि थप अनुसन्धान जारी रहेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ