arrow

जनसम्पर्क समिति डेनमार्कको नेतृत्व सापकोटालाई

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ ३१ बिहिबार
nc-denmark-committee-2024.jpg

डेनमार्क । नेपाली कांग्रेस निकट नेपाली जनसम्पर्क समिति डेनमार्कको सभापतिको जिम्मेवारी बुद्धि सापकोटाले सम्हालेका छन् । गत ५ डिसेम्बर २०२१ मा भएको समितिको पाँचौँ अधिवेशनको म्यान्डेड अनुसार सापकोटाले सभापतिको जिम्मेवारी लिएका हुन् । 

पाँचौँ अधिवेशनले सबैको सहमतिमा यादव बस्नेत र बुद्धि सापकोटालाई आधा–आधा कार्यकाल सभापतिको जिम्मेवारी दिने प्रस्ताव पारित गरेको थियो ।

सोही सहमतिअनुसार अहिले सापकोटाले सभापतिको जिम्मेवारी लिएपछि उनलाई आन्तरिक विवादहरु अन्त्य गरी डेनमार्कमा रहेका लोकतन्त्रवादी सबै नेपालीलाई एक ढिक्का बनाएर लैजान सफलता मिलोस् भन्दै धेरैले शुभकामना दिएका छन् । 

समितिका संस्थापक सभापति नवीनराज पौडेलले भनेका छन्, ‘केही तीतामीठा कुरा र सामान्य विवादहरूलाई मिलाई जनसम्पर्क समितिलाई एकढिक्का बनाई अगाडि बढाउने हौसला र प्रेरणा मिल्न सकोस्, सबैको जनसम्पर्क समिति बन्न सकोस् भन्ने कामना सहित हार्दिक बधाई दिन चाहन्छु।’
 
नेपाली कांग्रेस गण्डकी प्रदेश कार्यसमितिका आमन्त्रित सदस्यसमेत रहेका पौडेलले कार्यक्रममा सहभागी भएका डेनमार्कस्थित सम्पूर्ण संघ संस्थाका अध्यक्ष तथा प्रतिनिधिलगायत जनसम्पर्क समिति डेनमार्कका क्रियाशील सदस्य तथा शुभचिन्तकहरुलाई धन्यवाद पनि दिएका छन् । 

कार्यक्रममा गैर आवासीय नेपाली संघ, डेनमार्कका अध्यक्ष कमलराज शर्मासहित धेरै लोकतन्त्रवादी नेपालीहरुको सहभागिता रहेको थियो ।  

जनसम्पर्क समितिका अर्का नेता शैलु अधिकारीले विभिन्न कारणले उक्त कार्यक्रममा छुटेका सबैलाई यस कार्य समितिले एउटै शुत्रमा बाँधेर अवसर र जिम्मेवारी दिँदै नेपालीको वृहत्तर हितमा काम गर्ने विश्वास व्यक्त गरेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ