arrow

तीन करोड जनसंख्या भएको देशमा दुई हजार डाक्टरको दरबन्दीले स्वास्थ्य क्षेत्र सुधार हुन सक्दैन [भिडियो]

स्वास्थ्य मन्त्रालयमा छुट्याएको ४.६४ प्रतिशत बजेट अत्यन्त न्यून 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ ३१ बिहिबार
arjunnarsing-kc-02-31.jpg

काठमाडौँ । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले कम्तीमा १० प्रतिशत बजेटको व्यवस्था हुनुपर्नेमा ४.६४ प्रतिशत अत्यन्त न्यून भएको बताएका छन् । बिहीबार प्रतिनिधि सभा बैठकमा  उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विनियोजित बजेटमाथिको छलफलमा माग लिँदै उनले सो कुरा बताएका हुन् । उनले २०५५ सालदेखि २०८० सालसम्म २५ वर्षमा सरकारी स्वास्थ्य संस्थाहरू करिब ८ हजार रहेको बताए । 

उनले नेपालमा जनसंख्या वृद्धि,स्वास्थ्य संस्थाहरूको वृद्धि भयो तर स्वास्थ्य क्षेत्रका जनशक्तिको दरबन्दी अहिलेसम्म वृद्धि नभएको बताए । उनले विभिन्न समयमा सरकारहरूले एकै दिन ७५३ स्थानमा १५ शैय्याका अस्पताल उद्घाटन भए पनि जनशक्ति परिचालनको अवस्था चिन्ताजनक रहेको बताए । उनले भौतिक संरचना र उपकरणको बारेमा पनि सरकारले सोच्न आवश्यक रहेको बताए । उनले ३ करोड जनसंख्या भएको देशमा २ हजार भन्दा बढी डाक्टर नभएको भन्दै सरकारले स्वास्थ्य जनशक्तिको न्यूनता र अभावलाई तत्काल पूर्ति गर्न आवश्यक रहेको बताए । उनले हरेक गाउँ–गाउँमा स्वास्थ्यकर्मी पु¥याउन आवश्यक रहेको भन्दै दूरदराजमा स्वास्थ्य संस्था भए पनि जनशक्ति र सिटामोल नभएको बताए ।

उनले भने,‘स्वास्थ्य मन्त्रालयमा कम्तीमा पनि १० प्रतिशत बजेट हुनुपर्छ भन्ने हो । तर ४.६४ प्रतिशत जुन बजेट राखिएको छ । अत्यन्त न्यून हो । भूतपूर्व स्वास्थ्य मन्त्री भएकाले दुःख व्यक्त गर्छु । सरकारी स्वास्थ्य संस्थाहरू करिब ८ हजार रहेका छन् । २०५५ सालदेखि २०८० सालसम्म २५ वर्ष भयो । जनसख्या वृद्धि भयो । स्वास्थ्य संस्थाहरूको वृद्धि भयो । तर स्वास्थ्य क्षेत्रका जनशक्तिको दरबन्दी वृद्धि भएको छैन । ठुला काम पनि भएका छन् । एकै दिन ७५३ १५ वेडका अस्पताल उद्घाटन पनि भए । ठुलो बहादुरी गरौँ । तर त्यो कति बन्यो । जनशक्ति कसरी परिचालन गर्ने भन्ने योजना थियो कि थिएन । भौतिक संरचना र उपकरणको बारेमा सोचे नौं । ३ करोड जनसख्या भएको देशमा २ हजार भन्दा बढी डाक्टर छैनन् । स्वास्थ्य जनशक्तिको न्यूनता र अभावलाई तत्काल पूर्ति गर्न आवश्यक छ । हरेक गाउँ–गाउँमा स्वास्थ्य कर्मी पु¥याउन आवश्यक छ । तर दूर दराजमा स्वास्थ्य संस्था भए पनि जनशक्ति र सिटामोल समेत छैन । जुन खालको परिवेश अहिले जुन छ । यो परिवेशबाट देशलाई उन्मुक्ति दिने गरी स्वास्थ्य क्षेत्रलाई प्रभावकारी परिचालन आवश्यक छ  । स्वास्थ्य मन्त्री युवा आउनुभएको छ तर अहिलेको स्रोत साधन र जनशक्तिले जति गर्न खाजे पनि गर्न सक्दैनौँ ।’

उनले मुलुकको स्वास्थ्य अवस्थाको परिवेशबाट देशलाई उन्मुक्ति दिने गरी स्वास्थ्य क्षेत्रलाई प्रभावकारी परिचालन आवश्यक रहेको बताए । उनले काम गर्ने जोसका साथ स्वास्थ्य मन्त्री युवा आए पनि अहिलेको स्रोत साधन र जनशक्तिले काम गर्न खाजे पनि सम्भव नभएको बताए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ