arrow

लेक लागेर नेपाली पर्यटकको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ ३२ शुक्रबार
Manangi-hamrakura.jpg.jpeg
तस्बिर-फाइल

मनाङ । मनाङको मनाङ ङिस्याङ गाउँपालिका वडा नं.८ स्थित थोराङ्ला भञ्ज्याङ पार गर्ने क्रममा बुधबार लेक लागेर (अक्सिजन अभाव) एक नेपाली पर्यटकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा धादिङको गङ्गाजमुना गाउँपालिका वडा नं. ५ फुलखर्कका हरि अधिकारी रहेका छन् ।

अन्नपूर्ण पदमार्गअन्तर्गतको पाँच हजार चार सय १६ मिटर उचाइमा अवस्थित थोराङ्ला भञ्ज्याङ पार गर्ने क्रममा अधिकारीको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी सुवासकुमार लामिछानेले जानकारी दिए ।

पदयात्राका क्रममा थोराङ्ला भञ्ज्याङमा अधिकारीलाई लेक लागेको थियो ।

उनको घटनास्थलमै मृत्यु भएको हो । अधिकारीको शव हेलिकप्टरमार्फत काठमाडौँ लगिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ