arrow

पुटिन किमलाई भेट्न जाँदै

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ ३२ शुक्रबार
kim-putin-handsake.jpg

काठमाडौँ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको प्योङयाङको कथित भ्रमणअघि क्रेमलिनले बिहीबार उत्तर कोरियासँगको सम्बन्धको प्रशंसा गरेको छ । 

सेप्टेम्बरमा रुसी सुदूरपूर्वमा उत्तर कोरियाली नेता किम जोङ उनको आतिथ्यता गरेपछि पुटिनले एकान्त मुलुकको भ्रमणको प्रतिफल दिने मस्कोले वाचा गरेको थियो ।

किमले बुधबार दुवै भारी प्रतिबन्धित मुलुक ‘अजेय कमरेड्स–इन–आर्म्स’ रहेको बताउनुभएको थियो । दक्षिण कोरियाली अधिकारीहरूले आगामी दिनमा पुटिनको भ्रमण हुने अपेक्षा गरेका थिए । 

क्रेमलिनका प्रवक्ता दिमित्री पेसकोभले बिहीबार भने, “हामीलाई आफ्ना छिमेकीहरूसँग राम्रो सम्बन्ध विकास गर्ने अधिकार छ र यसबाट कसैले चिन्ता गर्नुहुँदैन ।” रुस र उत्तर कोरियाले सानो भूमि सिमाना साझा गर्छन् । 

“उत्तर कोरिया हाम्रा लागि मित्रवत मुलुक हो, ऊसँग हामीले द्विपक्षीय सम्बन्ध विकास गरिरहेका छौँ”, पेसकोभले भने, “हामी यस्तो भविष्यमा पनि गर्नेछौँ, हाम्रो सम्बन्धमा विकासको सम्भावनाहरू अत्यन्त गहिरो छ ।

दक्षिण कोरिया, अमेरिका र युक्रेनले संयुक्त राष्ट्रसङ्घको प्रतिबन्ध उल्लङ्घन गर्दै उत्तर कोरियाले रुसलाई हतियार पठाइरहेको बताएका छन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ