arrow

टी–२० विश्वकप क्रिकेट

नेपालको नियन्त्रणमा दक्षिण अफ्रिका, चौथो विकेट गुमायो, ऐरी र भुर्तेललाई सफलता

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार १ शनिबार
t20-wc-2024-nep-sa-4.jpg

काठमाडौँ । अमेरिका र वेष्ट इन्डिजको संयुक्त आयोजनामा भइरहेको टी–२० विश्वकप क्रिकेटमा अहिले नेपाल र दक्षिण अफ्रिका खेलिरहेका छन् । 

वेष्ट इन्डिजको किंग्सटाउनमा नेपालले टस जितेर पहिले बलिङ गरेको छ । २२ रन जोड्दा दक्षिण अफ्रिकाले पहिलो विकेट गुमायो भने ६८ रन जोड्दा दोस्रो विकेट गुमायो । त्यसैगरी ७४ रन जोड्दा तेस्रो विकेट गुमायो । ८२ रन जोड्दा चौथो विकेट गुमायो । 

नेपालका लागि दीपेन्द्र सिंह ऐरी र कुशल भुर्तेलले समान २–२ विकेट लिएका छन् । ऐरीले दुवै ओपनर रिजा हेन्डरिक ४३ रन र क्विन्टन डि ककलाई १० रनमा पभेलियन फर्काउने क्रममा बलिङ र क्याच गरेका थिए । 

त्यस्तै कुशलले कप्तान एडेन मार्करम १५ रन र हेन्रिच क्लासेनलाई ३ रनमा आउट गरेका थिए । 

भुर्तेलले डेभिड मिलरमाथि गरेको एलबीडब्ल्यू आउटको अपील भने अम्पायर कलिङले आउट दिएको थिएन । 

सन्दीप लामिछानेले विकेट नलिए पनि कसिलो बलिङ गरेका छन् । 

नेपालले पहिलो पटक दक्षिण अफ्रिकासँग खेलिरहेको हो । नेपालले उत्कृष्ट बलिङ गरेको छ । 

समूह डीबाट दक्षिण अफ्रिका यसअघिका तीन वटै खेल जितेर सुपर एटमा पुगिसकेकोछ भने नेपालले पहिलो खेलमा नेदरल्याण्डसँग हार बेहोरेको थियो भने श्रीलंकासँगको दोस्रो खेल वर्षाले रद्द भएको थियो । 

सुपर एट प्रवेशका लागि सम्भावना जीवितै राख्न नेपाललाई आजको खेल जित्नैपर्ने दबाब छ । 

अंक तालिका
३ खेलबाट ६ अंकसहित दक्षिण अफ्रिका शीर्ष स्थानमा रहेर सुपर एटमा पुगिसकेको छ । ३ खेलबाट ४ अंकको बंगलादेश दोस्रो स्थानमा रहेको छ भने ३ खेलबाट २ अंकको नेदरल्याण्ड्स तेस्रो स्थानमा छ । 

नेपाल २ खेलबाट १ र श्रीलंका ३ खेलबाट १ अंकसहित चौथो र पाँचौँ स्थानमा छ । श्रीलंका भने सुपर एटको होडबाट बाहिरिएको छ । 

नेपालले एक अंक बटुलेकाले सुपर एटको सम्भावना कायमै रहेको छ । तर अब वेष्ट इन्डिजमा हुने दुवै खेल जित्नुपर्नेछ । 

दक्षिण अफ्रिकालाई हराउन सक्यो भने नेपालको मनोबल उच्च हुँदा अन्तिम खेलमा बंगलादेशसँग पनि सकारात्मक परिणाम आउने छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ