arrow

फेरि घटेर आयो पेट्रोल र डिजेलको मूल्य

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार १ शनिबार
nepal-oil-corporation-2080-03-21.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । पेट्रोलियम पदार्थको मूल्य फेरि घटेको छ । नेपाल आयल निगमले राती १२ बजेदेखि लागू हुने गरी पेट्रोलमा ३ रुपैयाँ र डिजेल र मट्टितेलमा १–१ रुपैयाँ मूल्य घटाएको हो । 

नयाँ मूल्यसूची अनुसार काठमाडौँलगायत तेस्रो वर्गको क्षेत्रहरुमा पेट्रोल प्रतिलिटर १ सय ६५ रुपैयाँ कायम भएको छ । दोस्रो बर्गको क्षेत्रमा १ सय ६४ र पहिलो बर्गमा १ सय ६२ रुपैयाँ कायम भएको छ । 

त्यस्तै, काठमाडौँलगायत तेस्रो वर्गको क्षेत्रहरुमा डिजेल र मट्टितेल प्रतिलिटर १ सय ५२ रुपैयाँ कायम भएको छ । दोस्रो वर्गको क्षेत्रमा १ सय ५१ र पहिलो बर्गमा १ सय ४९ रुपैयाँ कायम भएको छ । 

भारतीय आयल कर्पोरेसनकाट नयाँ मूल्यसूची सार्वजनिक भएसँगै निगमले मूल्य घटाएको हो । निगमले अहिले प्राप्त सूचीका आधारमा स्वचालित मूल्य कायम गर्दै आएको छ । 

खाना पकाउने एलपी ग्यास र हवाई इन्धनमा भने भने मूल्य स्थिर राखिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ