arrow

दोहोरो अङ्गले घट्यो नेप्से, पाँच अर्ब ४७ करोडको कारोबार 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार २ आइतबार
nepse-stock-share-down-bear.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । यो सातामा कारोबारको पहिलो दिन आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १७ दशमलव ०४ अङ्कले घटेर दुई हजार ९५ दशमलव २५ को विन्दुमा कायम भएको छ ।
    
आइतबार तीन सय १७ कम्पनीको एक करोड ३२ लाख २३ हजार आठ सय ८४ कित्ता शेयर ७१ हजार नौ सय ९७ पटक खरिदबिक्री हुँदा रु पाँच अर्ब ४७ करोड २२ लाख ५३ हजार पाँच सय ५१ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

होटल तथा पर्यटन समूहको उपसूचक शून्य दशमलव ०४ प्रतिशतले बढेको छभने अरू सबै समूहको उपसूचक घटेको छ । सबैभन्दा धेरै लघुवित्त समूह एक दशमलव ७१ र अन्य विकास बैङ्क समूह एक दशमलव २० प्रतिशतले घटेको छ ।

नेपाल फाइनान्स लिमिटेडको शेयर मूल्यमा आइतबार सकारात्मक सर्किट लागेको छ भने भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । 

कारोबार रकम र कारोबार भएको शेयर सङ्ख्याका आधारमा नेपाल फाइनान्स लिमिटेडको सबैभन्दा धेरै रु ३० करोड ४० लाख ५३ हजार चार सय ९२ बराबरको चार लाख ७९ हजार नौ सय ८७ कित्ता शेयर किनबेच भएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ