arrow

आयल निगम र आन्दोलनरत ट्याङ्कर चालकबीच लामो वार्ता

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार ३ सोमबार
petrol-line-81-3-3j.jpg

काठमाडौँ । पेट्रोलियम ढुवानीकर्ता ट्याङ्कर चालक र नेपाल आयल निगमबीच मन्त्रालयमा वार्ता भएको छ । विभिन्न सातबुँदे माग राखेर शुक्रबारदेखि ढुवानी हड्तालमा उत्रिएका चालक तथा सहचालकका प्रतिनिधिसँग निगमको उच्च नेतृत्वले वार्ता गरेको हो । 

निगम सञ्चालक समितिका अध्यक्ष दिनेशकुमार घिमिरे तथा कार्यकारी निर्देशक चण्डीका भट्टसहित मन्त्रालय र निगममा उच्च अधिकारीहरु वार्तामा सहभागी छन् । त्यस्तै आन्दोलनरत पक्षबाट विभिन्न संघका प्रतिनिधिहरु वार्तामा सहभागी रहेको प्रवक्ता मनोज ठाकुरले जानकारी दिए । 

बिहान साढे ११ बजेदेखि भएको वार्ता निष्कर्षमा पुर्याएर ढुवानी खुला गर्ने निगमले जनाएको छ । आइतबारदेखि व्यवसायीहरुले पेट्रोलियम पदार्थको ढुवानी रोक्दा अहिले बजारमा चरम अभावको अवस्था छ । 

साझा, नेपाल प्रहरी, नेपाली सेनाको पेट्रोल पम्पमात्रै खुल्दा ती पम्पहरुमा तेल भर्नेको भीड लागेको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ