भ्रमका पछि नलाग्न हजार नेपालीलाई प्रत्यक्ष रोजगारी दिएको यशोदा फुड्सको अनुरोध
हाम्रा कुरा
प्रकाशित २०८१ असार ४ मंगलबार
810
Shares
रुपन्देही । जिल्लाको मधवलियामा रहेको यशोदा फुड्स प्रालीले एक हजार नेपालीलाई प्रत्यक्ष रोजगारी दिएर विदेश जानबाट रोकेको उल्लेख गर्दै आगामी दिनमा अझ सेवा विस्तार गरी रोजगारी बढाउने जनाएको छ ।
स्वदेशमात्र नभइ भारत, चीन, अमेरिका, जापान, यूएई, बहराइन, न्यूजिल्याण्ड, अष्ट्रेलिया, भुटान, कुवेत कतार, बेलायत, क्यानाडा, इटाली, कोरिया लगायतका देशमा निर्यात गरी चालु आर्थिक वर्षमा ६० करोड रुपैयाँभन्दा बढीको विदेशी मुद्रा आर्जन गर्न सफल भएको यशोदाले जनाएको छ ।
विदेशी चाउचाउ पैठारीमा राज्यको अर्बौंँ रुपैयाँ विदेशिएको अवस्थामा आप्mनै देशमा नेपाली किसान दाजुभाइ दिदीबहिनीहरुबाट उत्पादित अकबरे खुर्सानी, गुन्दु्रक, तामा, टिमुर, फापर, कोदो, नेपाली उद्योगबाट उत्पादित मैदा लगायतका विभिन्न कृषि उपज प्रयोग गरी नेपालमा नै अन्तर्राष्ट्रियस्तरको स्वादिलो चाउचाउ लगायतका विभिन्न स्न्याक्सहरु उत्पादन गरी ठूलो धनराशि विदेशिनबाट रोकिएको दाबीसमेत यशोदाले गरेको छ ।
यशोदा फुड्सका उत्पादनहरु प्रयोगशाला परीक्षण गराई नेपाल सरकारले जारी गरेको खाद्य सुरक्षा मापदण्ड बमोजिम उत्पादन गरी बजारमा पठाइरहेको भन्दै उत्पादनको गुणस्तरमा कुनै कन्जुस्याइँ नगरेको बताएको छ ।
स्वच्छ व्यापारिक प्रतिस्पर्धाबाट अगाडि बढ्न चाहेको र कुनै कपोलकल्पित फण्डा तयार गरी आम उपभोक्ता महानुभावहरुको भावनामा माथि खेलबाड नगरेको, गर्न नचाहेको तथा त्यस्ता तत्वहरुप्रति सचेत रहेको व्यहोरा अनुरोध गर्दै कम्पनीले उद्योगलाई बदनाम गराउन प्रायोजित भ्रामक सूचनाको पछि नलाग्न पनि आग्रह गरेको छ ।
यशोदाले प्रेस विज्ञप्ति जारी गर्दै हालैका दिनमा केही व्यक्तिहरुले सामाजिक सञ्जालको दुरुपयोग गरी कपोलकल्पित समाचार बनाएको पाइएको भन्दै उद्योगको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
यस्ता मनोगत, कपोलकल्पित र काल्पनिक कुराहरुको पछाडि नलागी यस उद्योगका उत्पादनहरुको उत्पादन मिति चेकजाँच गरी ढुक्कसँग उपभोग गर्न र बजारमा म्याद समाप्त भएका अर्थात् उपभोग मिति समाप्त भएका उत्पादन प्रयोग नगर्नसमेत अपील गरेको छ ।
समय–समयमा विभिन्न विद्यालय तथा कलेजका विद्यार्थीहरुलाई स्थलगत अवलोकन गराई उत्पादनको बारेमा जानकारी गराउने गरेको उद्योगलाई निहीत स्वार्थ पूरा गर्न अनावश्यक दुःख दिने नियतले गरिएका प्रचारविरुद्ध प्रचलित साइबर कानून लगायतका कानून बमोजिम कारबाही गर्नका लागि प्रक्रिया अगाडि बढाएकोसमेत कम्पनीले जनाएको छ ।