arrow

भारतले नेपालमा २५ हजार मेट्रिक टन चिनी पठाउन दियो अनुमति

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार ४ मंगलबार
sugar.jpg.jpeg
तस्बिर – फाइल ।

काठमाडौँ । नेपालमा २५ हजार मेट्रिकटन चिनी निर्यात गर्न भारतले अनुमति दिएको छ । भारतको नेशनल कोअपरेटिभ एक्सपोर्ट लिमिटेड इण्डियाले नेपाललाई सो बराबरको परिणाममा चिनी आयात गर्न अनुमति दिएको हो । 

भारतीय पक्षबाट उक्त पत्र प्राप्त भएपछि नेपालले १९ हजार मेट्रिकटन चिनी किन्न चाहने उद्योगलाई बोलाएको छ । बाँकी ६ हजार मेट्रिकटन भने साल्ट ट्रेडिङ र खाद्य तथगा व्यापार कम्पनीमार्फत आयात हुनेछ । 

नेपालमा अहिले धेरै चिनी खपत हुने उद्योगहरु बोटलर्स नेपाल, बरुण वेभरेज तथा विभिन्न बिस्कुट, कुकिजलगायत उत्पादन गर्ने कम्पनीहरु छन् । ती कम्पनीहरुलाई आफूले किन्न चाहने परिमाण खुलाएर निवेदन दिन उद्योग विभागले आग्रह गरेको छ । 

अघिल्लो वर्ष दशैंताका चिनीको अभाव हुँदा सरकारले यिनै उद्योग तथा अन्य चिनी उद्योगहरुमा बिक्री भएर लैजान बाँकी चिनी सापट मागेर काम चलाएको थियो ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ