arrow

पुटिन २४ वर्षपछि पुगे उत्तर कोरिया

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार ५ बुधबार
putin-north-korea-24-6-19.jpg

काठमाडौँ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन २४ वर्षपछि पहिलोपटक उत्तर कोरिया पुगेका छन् । पुटिनलाई उत्तर कोरियामा राजधानी प्योङयाङमा भव्य स्वागत गरिएको छ ।

पुटिन र उत्तर कोरियाका शासक किम जोङ उनबीच उच्च स्तरीय भेटवार्ता हुने बताइएको छ ।

गत वर्ष सेप्टेम्बरमा रुसी सहर भ्लादिभोस्टोकमा पनि दुवै नेताबीच भेट भएको थियो । सन् २००० पछि पुटिनले उत्तर कोरियाको भ्रमण गरेको यो पहिलो पटक हो ।

क्रेमलिनले पुटिनको यस भ्रमणलाई मैत्रीपूर्ण भ्रमण भनेको छ भने रूसी मिडियाले पुटिन र किम जोङ उनले सुरक्षाका मुद्दाहरू सहित साझेदारी सम्झौतामा हस्ताक्षर गर्ने सम्भावना रहेको र दुई नेताहरूले संयुक्त वक्तव्य दिने बताएका छन् ।

पुटिनले प्योङयाङको अर्थोडक्स चर्च अफ द लाइफ गिभिङ ट्रिनिटीको भ्रमण गर्न सक्ने बताइएको छ । 

रिपोर्टमा पुटिन प्योङयाङको कुमसुसन गेस्टहाउसमा बस्नेछन्, जहाँ चिनियाँ राष्ट्रपति सी जिनपिङले २०१९ मा उत्तर कोरियाको राजकीय भ्रमणको क्रममा बसेका थिए ।

पुटिनले आफ्ना नयाँ रक्षामन्त्री आन्द्रेई बेलोसोफसँग यात्रा गर्ने अपेक्षा गरिएको छ, जबकि विदेशमन्त्री सर्गेई लाभरोभ र उपप्रधानमन्त्री अलेक्ज्याण्डर नोभाक पनि साथको प्रतिनिधिमण्डलको हिस्सा हुनेछन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ