arrow

सरकारलाई दूग्ध किसानको भुक्तानी तत्काल गर्न विश्वप्रकाश शर्माको ध्यानाकर्षण

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार ६ बिहिबार
bishwaprakash-sharma-81-3-6.jpg

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री एवं सांसद विश्वप्रकाश शर्माले दूग्ध किसानको भुक्तानी गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रतिनिधिसभाको शून्य समयमा बोल्दै महामन्त्री शर्माले सरकारले दूग्ध किसानलाई ५ अर्ब भन्दा बढी भुक्तानी गर्न बाँकी रहेको बताउँदै तत्काल भुक्तानी गर्ने व्यवस्था मिलाउन ध्यानाकर्षण गराएका हुन् ।

उनले किसानहरु काठमाडौँ आएर प्रदर्शनको तयारी गरिरहेको बताउदै आन्दोलनमा उत्रिएपछि माग सम्बोधन गर्ने प्रचलन अन्त्य गर्नुपर्ने बताए । 

उनले प्रजातन्त्रमा एक जनाले पनि आफ्नो माग राखेर प्लेकार्ड बोकेमा पनि सुन्नुपर्नेमा जोड दिए ।
  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ