अन्तर्राष्ट्रिय विमानस्थलमा एनएमबि बैङ्कको थप नयाँ एटिएम सञ्चालनमा
हाम्रा कुरा
प्रकाशित २०८१ असार ६ बिहिबार
910
Shares
तस्बिर : फाइल
काठमाडौँ। एनएमबि बैङ्कले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय आगमन कक्षमा यात्रु तथा कर्मचारीलाई सुविधा पुर्याउने उद्देश्यले थप एक एटिएम सञ्चालनमा ल्याएको छ। बैङ्कले यसअघिदेखि नै त्रिभुवन विमानस्थलको आन्तरिक उडान स्थलको यात्रु प्रस्थान स्थलमा एउटा तथा अन्तर्राष्ट्रिय आगमन कक्षमा दुई वटा एटिएम सञ्चालनमा ल्याइसकेको छ।
एनएमबि बैङ्कले हाल देशभर २०१ शाखा, १८८ एटिएमहरू, ११ एक्सटेन्सन काउन्टरहरू मार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेका छ।