arrow

बैंकिङ कसूर मुद्दामा फरार प्रतिवादी पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार ७ शुक्रबार
laxman-gurung-kaskipolice.jpg

पोखरा । बैंकिङ कसूर मुद्दामा फरार रहेका पोखरा महानगरपालिका वडा नं. ९ नयाँबजारका ७० वर्षीय लक्ष्मण गुरुङ बिहीबार पक्राउ परेका छन् ।

कास्की जिल्ला अदालतले उनीबिरुद्ध २०८० माघ ८ गतेको बैंकिङ कसूर मुद्दामा तीन महिना कैद सजाय, एक करोड ३२ लाख रुपैयाँ जरिवाना र पिराको पाँच लाख २८ हजार रुपैयाँ गरी कुल एक करोड ३७ लाख २८ हजार रुपैयाँ जरिवाना हुने फैसला गरेको थियो ।

सोही फैसलादेखि उनी फरार थिए । जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो ।

उनलाई बिहीबार नै अदालतमा उपस्थित गराइएको प्रहरीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ