arrow

प्राइम सहकारी ठगी प्रकरणमा थप तीन जना पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार ७ शुक्रबार
prime-sahakari-thagi.jpg

पोखरा । पोखरास्थित प्राइम बहुउद्देश्यीय सहकारी संस्थाको बचत तथा सम्पती हिनामिना गरी ठगी गरेको कसूरमा थप तीन जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको टोली बिहीबार उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा पर्वत जिल्लाको मोदी गाउँपालिका वडा नं. १ स्थायी घर भई हाल पोखरा महानगरपालिका वडा नं. १८ बस्ने वर्ष ५५ की धनकुमारी गुरुङ, पर्वत जिल्लाको मोदी गाउँपालिका वडा नं. १ स्थायी घर भई हाल पोखरा ८ बस्ने ४७ वर्षकी सीताकुमारी गुरुङ र पोखरा ३ तेर्सापट्टी बस्ने वर्ष ४७ का जीवन सार्की छन् ।

पक्राउ परेका तीन जनालाई नै कसूर अभियोग बमोजिम सजायका लागि जिल्ला अदालत कास्कीमा पेस गरिएको प्रहरीले जनाएको छ ।

प्राइम सहकारी कै ठगी प्रकरणमा मुख्य योजनाकार प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रमणि पौडेल र व्यवस्थापक निरु थापासहित सात जना बिहीबार पुर्पक्षका लागि थुनामा गएका छन् । कास्की जिल्ला अदालतका न्यायाधीश रामचन्द्र शर्माको इजलासले उनीहरुलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो ।

६५ जना प्रतिवादी रहेको उक्त मुद्दामा अदालतमा उपस्थित नौमध्ये बाँकी दुई जना धरौटीमा रिहा भए । सेयर सदस्य एवं सल्लाहकार मानबहादुर गुरुङलाई ३५ लाख र सहकारी बैंकका पूर्व कर्मचारी सन्तोष घिमिरेलाई एक लाख धरौटीमा रिहा गर्ने आदेश दिएको हो । घिमिरे भने अर्को सहकारी ठगी मुद्दामा कारागारमै छन् ।

सहकारीका निवर्तमान अध्यक्ष निदेशप्रसाद कोइराला, अध्यक्ष शंकर कार्की, पूर्व कोषाध्यक्ष कुलदीप भट्टराई, कर्जा अधिकृत सुनिल थापा र सुकुमबासी समितिका उत्तम मगरलाई अदालतले पुर्पक्षका लागि थुनामा पठाएको छ ।

जिल्ला सहकारी वकिलको कार्यालयले सुरेन्द्रमणि पौडेलसहित ६५ जनालाई प्रतिवादी बनाएर आठदेखि १० वर्षसम्म कैद सजाय तथा एक अर्ब ५७ करोड १५ लाख आठ हजार एक सय २४ रुपैयाँ बिगो रकम माग दाबीसहित अदालतमा अभियोगपत्र दायर गरेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ