arrow

रवि लामिछाने विरुद्धको रिट हेर्दाहेर्दैमा, अर्को सुनुवाइ आठ दिनपछि

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार ७ शुक्रबार
ravi-lamichhane-02-31.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री  रवि लामिछानेलाई निलम्बन माग गर्दै दायर रिटको शुक्रबार सुनुवाइ नसकिएपछि हेर्दाहेर्दैमा राखिएको छ  ।

आज यो रिट न्यायाधीशद्वय सपना प्रधान मल्ल र शारङ्गा सुवेदीको संयुक्त इजलासमा पेसी तोकेर सुनुवाई गरिएको थियो । आजको सुनुवाइ नसकिएपछि हेर्दा हेर्दैमा राखिएको सर्वोच्चले जनाएको छ । अर्को सुनुवाइ असार १६ गते आइतबार हुने भएको छ ।

सहकारी ठगी प्रकरणमा गृहमन्त्री लामिछानेको संलग्नता देखिने गरी जाहेरीसमेत परेको दाबी गर्दै अधिवक्ता अनुपम भट्टराईले दायर गरेको रिट सुनुवाइकै क्रममा रहेको छ । यसअघि उक्त रिट हेर्न नमिल्ने भन्दै न्यायाधीशको पेसी पर्दै सरेको थियो ।

इजलासबाटै सुनुवाइको मिति तोकिएकाले शुक्रबारका लागि पेसी तोकिएको थियो । 

महान्यायाधीवक्ताको कार्यालयले गृहमन्त्री लामिछानेलाई क्लिनचिट देखिने गरी कुनै पनि जिल्लामा अनुसन्धान,अभियोगपत्र र जाहेरी नभएको भनी पत्र लेखेपछि अधिवक्ता भट्टराईले रिट दायर गरेका थिए । शुरुमा उक्त रिट दरपिठ भएको थियो । पछि न्यायाधीश टेकनारायण ढुङ्गानाको इजलासले दर्ता गर्न आदेश गरेपछि पुनः दर्ता भएको थियो । 

रिटमाथि पहिलो सुनुवाई गर्दै सर्वोच्चले पोखरादेखि रुपन्देहीसम्म जाहेरी दर्ता तथा अभियोग पत्रसम्म मगाउने आदेश गरेको थियो । त्यस्तै सर्वोच्चमा पोखराको सूर्य दर्शन र बुटवलको सुप्रिम सहकारी ठगीबारे नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले गरेको अध्ययन प्रतिवेदनसमेत पेस भइसकेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ