arrow

जिल्लाको आदेश उच्चले उल्ट्योः बलात्कार आरोपी अदालतका तहसिलदार पाण्डेलाई थुनामा राख्न आदेश

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार ८ शनिबार
niranjanbabu-pandey-rapist-.jpg

दाङ । बलात्कारको आरोपमा पक्राउ परेर धरौटीमा छोड्ने दाङ जिल्ला अदालतको आदेशलाई उच्च अदालत तुलसीपुरले उल्ट्याएको छ । दाङबाट सरुवा भइ जनपुर पुगेका दाङ निवासी अदालतका तहसिलदार निरन्जनबाबु पाण्डेमाथि दाङ जिल्ला अदालतमा सेवा लिन आएकी घोराही उपमहानगरपालिका–१७ की २८ वर्षीया एक सेवाग्राही पीडित महिलाले आफूमाथि बलात्कार भएको आरोप लगाएकी थिइन् ।

जिल्ला प्रहरी प्रमुख एसपी रामबहादुर केसी र डीएसपी जनकबहादुर मल्लले सेटिङमा पाँच दिन पक्राउ गरेर जिल्ला अदालत पेश गरेको थियो । बलात्कारको आरोप लागेका अन्य ब्यक्तिको हकमा दाङ प्रहरीले घटना अनुसन्धानको नाममा २५ दिन हिरासतमा राख्ने गरेको छ । 

पाण्डेको हकमा भने प्रहरीले ५ दिनमै फाइल बुझाएको थियो । पीडित महिलाले पाण्डे धरौटीमा छुटेपछि निरन्तर दाङ हुँदै काठमाडौँसम्म न्याय माग्दै धर्ना बस्दै आएकी थिइन् । 

घटना अनुसन्धानका नाममा एसपी केसी र डीएसपी मल्ल पाण्डेको सबैखाले प्रमाण मेटाउन बल पुग्ने गरी घटना अनुसन्धानको नाममा पीडित महिलाको मोबाइल नै कब्जा गरेका थिए । 

उनले पाण्डेलाई बचाउन प्रहरीले नै प्रमाण मेटाइदिएको गम्भीर आरोप लगाउँदै आएकी छिन् । पीडित महिला केही दिनयता लगातार पाण्डेलाई प्रहरीको मिलेमतोमा मुद्धा कमजोर बनाएर सेटिङमा छाडिएको भन्दै जिल्ला प्रशासन कार्यालयको गेट अगाडि, जिल्ला अदालतको गेट अगाडी धर्ना दिदै आएकी थिइन् । 

दाङ अदालतका जिल्ला न्यायधीश मनोजकुमार श्रीवास्तवको एकल इजलासले पाण्डे विरुद्धको बलात्कार मुद्धामा डेढ लाख धरौटी माग्दै छोड्न आदेश गरेको थियो । 

उक्त आदेश बदर गर्न माग गर्दै पीडितको तर्फबाट सरकारी वकिल कार्यालय उच्च अदालत पुनरावेदनको लागि पुगेको थियो । पीडितको माग बमोजिम उच्च अदालतले पाण्डेलाई धरौटीमा छोड्ने जिल्ला अदालतको आदेश उल्ट्याउँदै पीडकलाई पुर्पक्षका लागि कारागार चलान गर्न आदेश गरेको छ । 

उच्च अदालतका न्यायधीश राजु सिलवाल र विष्णुप्रसाद अर्यालको संयुक्त इजलाशले पाण्डेलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश गरेको हो । दाङका प्रहरी प्रमुख एसपी केसीले अदालतले पाण्डेलाई पुर्पक्षका लागि कारागार चलान गर्न आदेश गरेको सुनाए । उच्च अदालतको आदेशपछि पाण्डे अब कारागार बस्नुपर्ने छ । 

यसअघि उजुरी दिने ती महिलाले अदालतकै तहसिलदार पाण्डेलाई बलात्कारको झुटो आरोप लगाएकोमा अदालतले तोके बमोजिमको धरौटी रकम तिर्न नसकेपछि केही दिन जेल चलान भएकी थिइन्।

सम्बन्ध विच्छेदपछि अंश मुद्दाका लागि अदालत पुगेकी ती महिलाले अदालतका तहसिलदारले आफूलाई अदालतभित्रै कोठामा जबरजस्ती बलात्कार गरेको आरोप लगाएको कर्मचारीको भनाइ छ ।

तहसिलदारसँग २५ लाख रुपैयाँ माग गर्दै नदिए बलात्कार मुद्दा हाल्ने धम्की दिएको ती पीडित महलिामाथि पाण्डेको आरोप छ । गत चैत ७ गते जिल्ला अदालतमा न्यायाधीश लोकबहादुर हमालको इजलासमा भएको सुनुवाइमा पाण्डेले हनि ट्रयापमा हालेको मुद्धामा ती महिलालाई डेढ लाख धरौटीमा छाड्न आदेश दिएको थियो ।

धरौटी तिरेर छुटेपछि महिलाले पाण्डेविरुद्ध जबरजस्ती करणीको जाहेरी लिएर प्रहरीमा पुगेकी थिइन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ