arrow

समस्या समाधानका लागि राजनीतिक दल एक हुनुपर्छ : महासचिव पोखरेल

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार ९ आइतबार
shankar-pokhrel-12-18.jpg
तस्बिर-फाइल

दाङ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) महासचिव शङ्कर पोखरेलले मुलुकमा सङ्कट आइपर्दा सबै राजनीतिक दल एकजुट हुनुपर्नेमा जोड दिएका छन् । 

तुलसीपुर उपमहानगरपालिका-११ हस्नापुरमा निर्माण गरिएको श्रीमणि आचार्यको सालिक अनावरणका अवसरमा उनले मुलुकमा विश्वासको वातावरण बनाएर राजनीतिक दलहरू एकजुट हुन आवश्यक रहेको बताए । 

उनले एमालेलाई अहिले नै प्रधानमन्त्री पद आवश्यक नभएको बताए । “धेरैले आलोपालो प्रधानमन्त्रीको कुरा गर्दैछन् तर अहिले हामीलाई प्रधानमन्त्री चाहिएको होइन”, उनले भने, “हामी यो समीकरणलाई आउने चुनावसम्म कायम राख्न चाहन्छौँ, त्यसभन्दा पछि पनि जानसक्छ ।”

उनले टरिगाउँ विमानस्थलको धावनमार्ग एक हजार पाँच सय मिटर विस्तार गरिने बताए । 

त्यस्तै चारलेन सडक निर्माणका लागि पनि सम्भाव्यता अध्ययनको काम अन्तिम चरणमा पुगेको उनको भनाइ थियो । 

संविधानलाई परिवर्तन तथा राजनीतिक स्थायित्वका लागि पहिलो र दोस्रो पार्टी मिल्नुपर्नेमा कांग्रेस केन्द्रीय सदस्य दीपक गिरीले जोड दिए । 

कार्यक्रममा सहभागी वक्ताहरुले श्रीमणि आचार्यले शैक्षिक तथा राजनीतिक क्षेत्रमा पु¥याउनुभएको योगददानको सबैले अनुशरन गर्नुपर्ने धारणा व्यक्त गरे ।   

सालिक राखिएको स्थानलाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्नका लागि उद्यान निर्माण गर्ने योजना छ । सोही ठाउँमा श्रीमणि आचार्यले नै खानेपानी ल्याएको भन्दै सालिक खानेपानी समितिको जग्गामा सालिक निर्माण गरिएको हो । 

पार्क निर्माणका लागि रु एक करोड ५३ लाख बजेटसमेत विनियोजन भएको छ । कम्युनिष्ट आन्दोलनका योद्धा आचार्यको २०६४ पुस ३ गते क्यान्सरका कारण निधन भएको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ