arrow

सूर्य देवको प्रिय दिनमा राशिफल

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार ९ आइतबार
rashifal-horoscope-green_1618196829.jpg

आजको पञ्चाङ्ग

मिति २०८१ असार ९ गते आइतबार, इस्वीसंवत जुन २३ तारिक सन् २०२४, श्रीशाके १९४६, नेपाल संवत् ११४४, कालयुक्तनाम संवत्सरः, सूर्य पृथ्वीको उत्तरी गोलार्द्धमा छन् । ग्रीष्म ऋतु चलिरहेको छ । चान्द्रमान अनुसार आषाढकृष्ण विश्वघस्रपक्ष चलिरहेको छ । सौरमान अनुसार आज आषाढकृष्ण विश्वघस्रपक्षको प्रतिपदा तिथि बिहानमा ५ः४८ बजेसम्म त्यसपछि द्धितीया तिथि लाग्नेछ । नक्षत्रमा पूर्वाषाढा साँझमा ६ः३१ बजेसम्म त्यसपछि उत्तरषाढा नक्षत्र लाग्नेछ । विष्कुम्भादि योगमा ब्रह्म २७ घटि ४९ पलासम्म त्यसपछि ऐन्द्र योग लाग्नेछ । करणमा तैतिल अहोरात्र रहनेछ । आनन्दादि योगमा शुभ रहनेछ ।

सूर्य मिथुन राशिमा, चन्द्रमा धनु राशिमा रहनेछ । आज दिनमान ३४ घटि ३६ पला अर्थात १३ घण्टा ५३ मिनेटको रहनेछ । आज सूर्योदय काठमाडौं केन्द्र विन्दुमा रही बिहान ५ः११ बजे रुद्र मुहूर्तमा हुनेछ भने सूर्यास्त साँझ ठीक ७ः०१ बजे हुनेछ । यस्तै, चन्द्रमा उदाउने समय रातिमा ८ः३७ बजे र अस्ताउने समय रातिमा ५ः५६ बजे रहेको छ । आज अन्तर्राष्ट्रिय एकल महिला दिवस परेको छ ।

आजको राशिफल

मेष : आज स्वास्थ्य राम्रो रहने छैन, विशेष व्यक्तिसंग झगडा हुन सक्नेछ, शरीरमा चोटपटक लाग्न सक्नेछ, मनमा नकारात्मक सोचाई पनि उव्जिनेछ, गरेका कामहरू पनि पूरा नहुने देखिन्छ । आज टाढाकाे यात्रा नगर्दा राम्राे हुनेछ ।

वृष : आज सरकारी काममा बाधा आउनेछ, छोराछोरीसंग पनि विवाद हुन सक्नेछ, व्यापारमा पनि घाटा व्यहोर्नुपर्ने अवस्था आउन सक्नेछ, आज खासगरी पूर्व र उत्तर दिशाको यात्रामा सतर्क हुनुपर्नेछ, शत्रु सक्रिय हुने दिन समेत रहेको छ ।

मिथुन : आज टाढाबाट धन प्राप्तिको योग छ, मानसिक तथा शारीरिक आराम मिल्ने, परिवारका सदस्यको सहयोगमा यसअघिका अधुरा काम आज पूरा हुनेछ, नयाँ ठाउँको अवलोकन भ्रमण हुन सक्नेछ, राजनीतिमा रुचि बढ्नेछ ।

कर्कट : आज शत्रु, विरोधी तथा विपक्षीमाथि विजयी हुने योग छ, आफन्तले सक्रिय सहयोग गर्न सक्नेछन्, धन लाभ, स्वास्थ्य अत्यन्तै राम्रो र सबल रहने, घरमा नयाँ व्यक्तिको आगमन, अध्ययनमा अभिरुचि बढ्ने योग रहेको छ ।

सिंह : आज गर्न खोजेका काममा सफलता हात नलाग्ने योग देखिन्छ, यात्रामा पनि झण्झट व्यहोर्नुपर्ने, अप्रिय खबर सुन्नुपर्ने अवस्था आउन सक्छ, मन अशान्त हुने, पेट रोगले समेत सताउन सक्नेछ, सतर्क भएर अघि बढ्नुहोला ।

कन्या : आज आफन्तसंग झगडा पर्न सक्ने, काममा विघ्न बाधा आइलाग्ने, पेट तथा कम्मर दुख्ने समस्याले सताउन सक्ने, चिन्तापर्ने खबर सुन्नुपर्ने अवस्था पनि नआउला भन्न सकिन्न, दिन खराब छ सतर्क हुनुहोला ।

तुला : आज दिन शुभ छ, सबै प्रकारको काममा सफलता र लाभ हासिल हुन सक्नेछ, नयाँ कामको थालनी पनि आजबाटै गर्दा राम्रो हुनेछ, मनमा सहयोगी भावना पलाउनेछ, धार्मिक काममा पनि सक्रियता बढ्न सक्ने देखिन्छ ।

वृश्चिक : आज दिन खराब छ, धनमाल हराउन सक्नेछ, स्वास्थ्यमा पनि समस्या आउन सक्नेछ, गरेका कामबाट जस नपाइने योग छ, मानसिक तनावकमा दिन बित्न सक्नेछ, यात्रामा विशेष सावधानी अपनाउदा राम्रो हुनेछ ।

धनु : आज दिन अत्यन्तै शुभ छ, स्वास्थ्य राम्रो रहनेछ, आदरसत्कार पाइने ठाउँमा सहभागी भइनेछ, नयाँ व्यवसायमा लगानी आज गर्दा राम्रो हुनेछ, यात्रा सोचेअनुरुपकै सफल हुनेछ, शैक्षिक क्षेत्रबाट सुखद् नतिजा मिल्ने योग देखिन्छ ।

मकर : आज समय राम्रो छैन, आफन्तले नै धोका दिन सक्नेछन्, पेशाबाट तनाव हुन सक्ने, आम्दानी घट्ने, परिवारमा अशान्ति, अनावश्यक खर्च बढ्ने योग देखिन्छ, आफ्नो काम सतर्क भएर गर्नुहोला ।

कुम्भ : आज समय शुभ छ, सरकारी सम्मान मिल्न सक्नेछ, आफन्तसंग भेटघाट हुने, जग्गा जमिनबाट लाभ पाइने योग छ, खुशीका समाचार प्राप्त हुनेछ, साथीभाइको सहयोगले आँटेका सबै काम सजिलै सम्पन्न हुनेछन् ।

मीन : आज समय मध्यम खालको छ, गर्न खोजेका काम अधुरा, आफन्तले कुरा काट्ने, व्यापारमा मन्दी आउने, स्वास्थ्य पनि भरपर्दो नहुने योग देखिन्छ तर धार्मिक कार्यमा सफलता, यात्रा सफल हुनेछ ।

साइतः सूर्य मिथुन राशिमा, चन्द्रमा धनु राशिमा रहनेछ । त्यसैले पूर्व र उत्तरबाहेक अन्य दिशाको यात्रा नगर्नुहोला । आज आइतबार परेकाले पश्चिम दिशाको यात्रा गर्दै नगर्नुहोला । आज पश्चिम र दक्षिणतर्फको यात्रा पनि बाध्यताबश गर्नैपरेको छ भने धार्मिक उपाय अपनाएर शुभ बेलामा गर्दा राम्रो हुनेछ ।

शुभ लाभादि बेला (दिवा)

बिहान ५ः०९ बजेदेखि ६ः५३ बजेसम्म उद्धेग बेला
बिहान ६ः५३ बजेदेखि ८ः३७ बजेसम्म चर बेला
बिहान ८ः३७ बजेदेखि १०ः२१ बजेसम्म लाभ बेला
बिहान १०ः२१ बजेदेखि १२ः०५ बजेसम्म अमृत बेला
मध्यान्ह १२ः०५ बजेदेखि १ः५० बजेसम्म काल बेला
दिनमा १ः५० बजेदेखि ३ः३४ बजेसम्म शुभ बेला
दिनमा ३ः३४ बजेदेखि ५ः१८ बजेसम्म रोग बेला
दिनमा ५ः१८ बजेदेखि ७ः०२ बजेसम्म उद्धेग बेला

शुभ लाभादि बेला (रात्रि)

साँझ ७ः०२ बजेदेखि ८ः१८ बजेसम्म चर बेला
राति ८ः१८ बजेदेखि ९ः३४ बजेसम्म लाभ बेला
राति ९ः३४ बजेदेखि १०ः५० बजेसम्म अमृत बेला
राति १०ः५० बजेदेखि १२ः०६ बजेसम्म काल बेला
राति १२ः०६ बजेदेखि १ः२१ बजेसम्म शुभ बेला
राति १ः२१ बजेदेखि २ः३७ बजेसम्म रोग बेला
रातिमा २ः३७ बजेदेखि ३ः५३ बजेसम्म उद्धेग बेला
रातिमा ३ः५३ बजेदेखि ५ः०९ बजेसम्म चर बेला

यसमा चर भन्दा शुभ, शुभ भन्दा लाभ राम्रो, लाभ भन्दा अमृत सबैभन्दा राम्रो मानिन्छ । त्यसैले जे काम गर्दा पनि शुभ, लाभ र अमृत बेला पार्नुहोला ।


राहुकाल समय : दिनमा ४ः३० देखि ६ः०० बजेसम्म राहुकाल अर्थात सबैभन्दा खराब समय रहनेछ । यो समय भित्र यात्रा, लेनदेन, ठूलो लगानी, नयाँ निर्णय केही पनि गर्नु परिणाम राम्रो हुँदैन ।

नोट : यो पञ्चांगको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि काठमाडौं, नेपालको अक्षांश २७ः४२ उत्तर तथा देशान्तर ८५ः१८ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेदस्थान र विपरीत वेदस्थान समेतको गणना गरिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ