arrow

रविलाई विश्वप्रकाशको प्रश्न- जीबी राईको लोकेशन पत्ता लाग्यो भनेर फुक्नु भगाउने नियत हो ? [भिडियो]

देशलाई जीबीको लोकेशन चाहिएको होइन, जीबी राई चाहिएको हो

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार ९ आइतबार
bishwaprakash-sharma-03-08.jpg

काठमाडौँ। नेपाली कांग्रेसका सांसद विश्वप्रकाश शर्माले सहकारी ठगी प्रकरणमा मुछिएका जीबी राईको लोकेशन पत्ता लागेर पनि पक्राउ किन गरिएन भनि गृहमन्त्रीलाई प्रश्न गरेका छन् ।आइतबार प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै सांसद शर्माले गृहमन्त्री रवि लामिछानेले जीबी राईको लोकेशन पत्ता लागिसकेको अभिव्यक्ति दिएको भन्दै किन पक्राउ नगरिएको हो भनि प्रश्न गरे । 

उनले लोकेशन पत्ता लागेको कुरा सार्वजनिक गर्नु अभियुक्त पक्रिने नयाँ शैली वा केटाकेटीपन के हो भनि प्रश्न गरे । उनले भगाउने नियतका साथ गृहमन्त्रीको अभिव्यक्ति आएको हो कि भनेर आशंका समेत व्यक्त गरे । उनले गृहमन्त्रीले लोकेशन पत्ता लागेको जानकारी दिएको ४ दिन बितिसकेको भन्दै सरकारले कहिले जिबि राईलाई हाजिर गराउने हो स्पष्ट पार्नुपर्ने बताए ।

उनले भने – ‘सहकारी ठगीमा फरार भएको व्यावसायिक साथीलाई सहकारी ठगीमै अनुसन्धानको दायरामा रहेका गृहमन्त्रीजीले गिरफ्तार गर्नु छ । त्यसैले लोकेशन पत्ता लागिसक्यो भनेर माइकबाटै फुक्नुको अर्थ के हुन्छ ? अभियुक्त पक्रिने यो नयाँ शैली हो ? केटाकेटीपन हो ? या भगाउने नियत हो ? देशलाई जीबीको लोकेशन चाहिएको होइन । देशलाई जीबी राई चाहिएको हो । अब त्यो लोकेशनमा गेट बनाएर, कार्पेट ओछ्याएर अनि बल्ल द्विपक्षीय वार्ता हुने हो ? यो प्रश्न गर्न चाहन्छु । गृहमन्त्रीले लोकेशन पत्ता लागिसक्यो भनेको ४ दिन भयो । लोकेशन पत्ता लागिसकेपछि पनि ४ दिन किन लाग्छ ? लोकेशन पत्ता लागिसकेको भनेको जिबि राईलाई के भगाउनलाई हो माइकबाट फुकेर लोकेशन पत्ता लाग्यो रे भनेर स्टन्टबाजी गर्ने ? कि सरकार चाँडै नै जिबि राईलाई हाजिर गराउँदै छ ? देशलाई जीबीको लोकेशन चाहिएको होइन । जिबि राई चाहिएको हो ।’

उनले देशलाई जीबी राईको लोकेशन नभई जीबी राई नै चाहिएको बताए। उनले मलेसियाबाट कसैलाई पक्रिएर नेपाल ल्याउन दुई देशका बीचमा सुपुर्दगी सन्धि नचाहिने बताए। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ