arrow

मुख्यसचिव अर्यालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गर्ने तयारी

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार ९ आइतबार
baikuntha-aryal-chief-secretary-pmo-office.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । बहालवाला मुख्यसचिव बैकुण्ठ अर्यालविरुद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्धा दर्ता गर्ने अन्तिम तयारी छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुख्यसचिव बैकुण्ठ अर्यालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गर्ने तयारी गरेको हो । 

अर्याल सञ्चार मन्त्रालयका सचिव हुँदा भएको विभिन्न सञ्चार उपकरण र छपाइसँग सम्बद्ध घोटाला प्रकरणमा मुछाएपछि मुद्दा चलाउने निर्णय गरेको आयोग उच्च स्रोतले जनाएको छ ।

स्रोत भन्छ, ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुख्यसचिव डा. बैकुण्ठ अर्यालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गर्ने निर्णय गरेको छ ।'

मदिराको स्टिकर छपाईमा अर्यालसहितका अधिकारीले भ्रष्टाचार गरेको भन्दै अख्तियार आइतबार मुद्दा दर्ता गर्ने निर्णय गरेको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ