arrow

नेप्सेमा गिरावट

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार ९ आइतबार
nepse-stock-share-up-bull-market.jpg

काठमाडौँ । नेप्से परिसूचकमा सामान्य गिरावट आएको छ । आइतबार नेप्से परिसूचक ५.३७ अंकले घटेर २०६२.९४ विन्दुमा रोकिएको हो । आइतबार सेन्सेटिभ इण्डेक्स ०.१७ अंकले घटेर ३६४.४२ विन्दुमा रोकिएको नेप्सेले जनाएको छ ।

आइतबार ३१७ कम्पनीका ९५ लाख ६१ हजार ७२७ कित्ता शेयर ४ अर्ब  ३७ करोड ४५ लाख ९७ हजार ४५८ मा खरिद बिक्री भएका छन् ।

आइतबार रिलाइन्स फाइनान्स, गणपति लघुवित्त वित्तीय संस्था, साधना लघुवित्त वित्तीय, मैलुङ्ग खोला जल विदयुत र नेपाल फाइनान्सको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ  ।

नेपाल फाइनान्सको १३ करोड, रिलाइन्स फाइनान्सको १३, माउन्टेन इनर्जीको ११ करोड माण्डू हाइड्रोको ९ करोड मूल्य बराबरको शेयर कारोबार भएको छ । 

त्यस्तै ग्लोबल आईएमई लघुवित्त वित्तीयका लगानीकर्ताले सबैभन्दा बढी ६।५८ प्रतिशतले गुमाएका छन् । त्यस्तै सनराइजको ५.२४, कालिका लघुवित्त वित्तीयको ५.१८ र उपकार लघुवित्त वित्तीयको ५.११ प्रतिशतले घटेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ