arrow

लागूऔषधसहित चार जना पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार १० सोमबार
pakrau-kaski police.jpg

पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले पोखराका विभिन्न स्थानबाट लागूऔषधसहित चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमध्ये पोखरा-१३ बाझापाटन बस्ने वर्ष २४ वर्षीय दूधप्रसाद गुरुङ हुन् ।

गुरुङ काठमाडौंबाट पोखरा आउँदै गरेका अवस्थामा शुक्रबार राति १० बजे पोखरा-३०, पावरहाउसबाट पक्राउ परेका हुन् । उनको साथबाट लागूऔषध पोलेन चार सय ७६ ग्राम बरामद भएको प्रहरीले जनाएको छ । उनीविरुद्ध अदालतमा लागूऔषध मुद्दामा १० म्याद थप भएको छ ।

यसैगरी शनिबार राति ९ः३० बजे पोखरा-१७ छोरेपाटनबाट स्याङ्जा भिरकोट नगरपालिका वडा नं. १३ घर भई हाल पोखरा-१७ नमुनाटोल बस्ने ३० वर्षीय साजन पौडेल लागूऔषधसहित पक्राउ परेका छन् ।

उनको साथबाट लागूऔषध टापेन्टाडोल ट्याबलेट ३६ चक्की बरामद भएको थियो । उनीबिरुद्ध कास्की जिल्ला अदालतबाट सात दिन म्याद थप भएको छ ।

यस्तै, शनिबार राति ७ बजे पोखरा-१४ खसीबजारमा सञ्चालित साकुरा मेडिकल हलकी सञ्चालक ३० वर्षीया सर्मिला सुनार पक्राउ परेकी छन् ।

उक्त मेडिकल हलबाट लागूऔषध टापेन्डल क्याप्सुल ५० एमजी लेखेको एक सय चक्की र टापेन्डल ट्याबलेट एक सय एमजी लेखेको तीन सय ७४ चक्की बरामद भएको थियो । उनीबिरुद्ध पनि जिल्ला अदालतबाट सात दिन म्याद थप भएको छ ।

यसैगरी आइतबार बिहान ३ः३० बने पोखरा-१७ छोरेपाटनबाट कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नं. ३ काँडे बस्ने ४१ वर्षीय वीरेन्द्र तुलाचन लागूऔषधसहित पक्राउ परेका छन् ।

सुनौलीबाट पोखरातर्फ आउँदै बसबाट उनी पक्राउ परेका हुन् । उनको साथबाट डाईजापाम ७३ एम्पुल, फेनेरागन ७४ एम्पुल, बुर्फिन ६८ एम्पुल गरी जम्मा दुई १५ एम्पुल लागूऔषध बरामद भएको प्रहरीले जनाएको छ । उनीबिरुद्ध जिल्ला अदालतबाट १० दिन म्याद थप भएर अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ