arrow

मोटरसाईकल चोरी गर्ने युवक पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार ११ मंगलबार
bishal-magrati.jpg

पोखरा । पोखरामा सडकमा पार्किङ गरिराखेको मोटरसाइकल चोरी गर्ने एक युवक प्रहरी फन्दामा परेका छन् ।

पक्राउ पर्नेमा तनहुँ बन्दीपुर गाउँपालिका वडा नं. २ देप्चेटोलका २० वर्षीय बिशाल मगराती छन् ।

उनले आइतबार राति १० बजे पोखरा-१० इन्द्रचोकमा पार्किङ गरिराखेको ग२२प ९५१० नम्बरको क्रसफायर मोटरसाइकल चोरी गरेका थिए ।

मोटरसाइकल हराएको सूचना पाएलगत्तै वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको टोलीले मोटरसाइकल डोहो¥याउँदै हिँडिरहेको अवस्थामा फेला विशाललाई फेला पारेको थियो ।

पक्राउ परेका विशालविरुद्ध जिल्ला अदालतबाट चोरी तथा डाँकासम्बन्धी कसुरमा सात दिन म्याद थप गरी थप अनुसन्धान प्रक्रिया अघि बढाइएको कास्की प्रहरीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ