arrow

प्रदेश सरकारको कामप्रति कांग्रेस असन्तुष्ट

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार ११ मंगलबार
kamal-shah-sudurpachhim.jpg

कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको काम कारबाहीप्रति नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलले असन्तुष्टि व्यक्त गरेको छ ।

 नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलले सोमबार धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा संसदीय दलका नेता कमलबहादुर शाहले प्रदेश सरकारले जनअपेक्षाअनुसार काम नगरेको भन्दै असन्तुष्टि व्यक्त गरे । “प्रदेशमा केही मन्त्रीले जिम्मेवारी पाएका छैनन्, केही मन्त्रालय मन्त्रीविहीन छन्, यस्तो हुनु दुर्भाग्य हो । सत्ता सञ्चालन गर्ने दलका नेतृत्वले जनतालाई यसको जवाफ दिनुपर्छ”, शाहले भने। 

पूर्वमुख्यमन्त्रीसमेत रहनुभएका नेता शाहले सरकारले बजेट ल्याए पनि बजेट पुस्तिका सार्वजनिक गर्न ढिलाइ भएकामा आपत्ति जनाउनुभयो । बजेट पुस्तिका चाँडै सार्वजनिक गर्न उनले आग्रह गरे ।

सरकार जोगाउन मन्त्रालय विभाजनको कुरा गर्नु गलत भएको भन्दै नेता शाहले यस्तो गलत कार्यमा नलाग्न चेतावनी दिनुभयो ।  उनले भन्नुभयो, “सरकार जोगाउन मन्त्रालय फुटाउने कुरामा हाम्रो पूर्ण असहमति छ, यस्तो कार्य नगर्न सत्तागठबन्धनलाई चेतावनीसहित आग्रह गर्दछौँ ।”
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ