arrow

रास्वपालाई सहकारी, एमालेलाई गिरीबन्धु र प्रधानमन्त्रीलाई गणितको मात्रै चिन्ता छ - विश्वप्रकाश शर्मा [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार ११ मंगलबार
bishwaprakash-sharma-03-11.jpg

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले राष्ट्रिय स्वतन्त्र पार्टीलाई सहकारी ठगीबाट पार्टी सभापतिलाई कसरी जोगाउने, नेकपा एमालेलाई  पार्टी अध्यक्षलाई गिरीबन्धु टिस्टेट प्रकरणबाट जोगाउन र प्रधानमन्त्रीलाई गणितको मात्रै चिन्ता रहेको बताएका छन् । 

मंगलबार काठमाडौँमा आयोजित एक कार्यक्रममा उनले आफ्नो दलको सभापतिलाई सहकारी ठगीबाट कसरी जोगाउन सकिन्छ ? भन्ने चिन्ता रहेको पार्टीले देश बनाउन नसक्ने बताए । साथै नेकपा एमालेप्रति लक्षित गर्दै पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई गिरीबन्धु टिस्टेट प्रकरणबाट जोगाउन लागिपरेको बताए । उनले प्रधानमन्त्री पुष्पकमल दाहालले प्रधानमन्त्री पदलाई दमदार बनाउनुपर्छ भन्ने गरी काम गर्न नसकेको बताए । उनले प्रधानमन्त्री दाहाललाई गणित मिलाएर सरकारमा रही रहने कुरामा मात्रै ध्यान रहेको बताए ।

उनले भने, ‘देश कहीँ न कहीँ आशाको सम्भावनाको मोडमा छ । हामी सरकारमा छैनौँ, त्यसकारण सबै देश गलत बाटोमा गइरहेको छ भन्ने होइन । देशले आर्थिक रूपान्तरणको एउटा गति लिने सम्भावनाको मोडमा रहेको छ । इतिहासको सबैभन्दा सुन्दर घडीमा छ नेपाल भन्न सकिन्छ । किनभने कांग्रेसले हो, हिंसाबाट शान्तिमा ल्याएको । कांग्रेस हो, जसले समानुपातिक, सहभागिता सहितको संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान निर्माण गरेको । आशावादी भएर हेर्न सक्ने सम्भावनाहरू छन् । नागरिकको निराशालाई चिरिराखेर आशा र भरोसा दिलाउन सक्नुपर्छ । तर सँगैको सरकारको गतिविधि त्यो प्रकृतिको देखिँदैन । त्यसमा हामीले दबाब दिनुपर्छ । सरकार सिंगो अस्तित्व हो तर आज सिंगो अस्तित्व नदेखिएर टुक्रा टुक्रा देखिएको छ । एउटा दललाई कसरी हुन्छ आफ्नो दलको सभापतिलाई सहकारी ठगीबाट जोगाउन सकियोस् । कारबाहीको प्रक्रियाबाट जोगाउन सकियोस् । एउटा दलको चिन्ता जम्मा त्यति मात्रै छ । अर्को दलको चिन्ता कसरी हुन्छ आफ्नो अध्यक्ष गाँसिएको गिरीबन्धुको ठगीबाट अध्यक्षज्यूलाई जोगाउन सकियोस् भन्ने छ । प्रधानमन्त्रीजीलाई चिन्ता गणितलाई कसरी रक्षा गर्ने भन्ने मात्रै छ । प्रधानमन्त्रीको पद शानदार हो, शानदार मात्रै होइन, दमदार पनि हो भन्ने कुरा बिर्सिनुभएको छ । प्रधानमन्त्रीजी उपप्रधानमन्त्रीले बोलेको कुराको जवाफ दिएर बस्नुपरेको छ ।’
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ