- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
आजको पञ्चाङ्ग
मिति २०८१ असार १२ गते बुधबार, इस्वीसंवत जुन २६ तारिक सन् २०२४, श्रीशाके १९४६, नेपाल संवत् ११४४, कालयुक्तनाम संवत्सरः, सूर्य पृथ्वीको उत्तरी गोलार्द्धमा छन् । ग्रीष्म ऋतु चलिरहेको छ । चान्द्रमान अनुसार आषाढकृष्ण विश्वघस्रपक्ष चलिरहेको छ । सौरमान अनुसार आज आषाढकृष्ण विश्वघस्रपक्षको पञ्चमी तिथि रातिमा १०ः५२ बजेसम्म त्यसपछि षष्ठी तिथि लाग्नेछ । नक्षत्रमा धनिष्ठा दिनमा ३ः३१ बजेसम्म त्यसपछि शतभिषा नक्षत्र लाग्नेछ । विष्कुम्भादि योगमा विष्कुम्भ ९ घटि ४० पलासम्म त्यसपछि प्रीति योग लाग्नेछ । करणमा कौलव अहोरात्र रहनेछ । आनन्दादि योगमा मित्र रहनेछ ।
सूर्य मिथुन राशिमा, चन्द्रमा कुम्भ राशिमा रहनेछ । आज दिनमान ३४ घटि ३५ पला अर्थात १३ घण्टा ५३ मिनेटको रहनेछ । आज सूर्योदय काठमाडौं केन्द्र विन्दुमा रही बिहान ५ः१२ बजे तुरुदेव मुहूर्तमा हुनेछ भने सूर्यास्त साँझ ठीक ७ः०२ बजे हुनेछ । यस्तै, चन्द्रमा उदाउने समय रातिमा १०ः४५ बजे र अस्ताउने समय भोलि बिहानमा ९ः१९ बजे रहेको छ । आज अन्तर्राष्ट्रिय लागूपदार्थ तथा अवैध तस्करीबिरुद्धको दिवस रहेको छ ।
आजको राशिफल :
मेष : समय शुभ रहनेछ, आम्दानीका नयाँ स्रोत थपिंदै जानेछन् । नयाँ-नयाँ कार्ययोजना बनाउँदा लाभ पाइने छ । फलफूल सम्बन्धी पेशामा उच्चतम् लाभ पाइने देखिन्छ । पद र पैसाभन्दा प्रतिष्ठासंग गाँसिएका काममा लगानी हुन सक्नेछ ।
वृष : आज समय मध्यम खालको छ । स्वास्थ्यमा खासै खराबी नआउला । आँटेका काम सबै पूरा नभए पनि हतासको अनुभव नगरी लागि पर्दा राम्रो हुनेछ । आज ठूलो लगानी गर्नु जोखिमपूर्ण छ ।
मिथुन : आज समय शुभ तथा स्वास्थ्य भरपर्दो रहनेछैन । पेटमा आकस्मिक खराबी आउन सक्ने, आफ्नै रिसको झोंकमा काम बिगार्दै हिंड्ने, औषधी उपचार गर्दा छिटो स्वास्थ्य सुधार नहुने, जताबाट पनि तपाईलाई समय राम्रो छैन ।
कर्कट : आज समय भरपर्दो छैन । सरकारी कार्यालयबाट लिइने काम बन्ने छैन । आश्रित कर्मचारी, आफ्ना छोराछोरी पनि तपाईंको पक्षमा देखिंदैनन् । स्वास्थ्य पनि भरपर्दो नरहला । अनावश्यक खर्चले सताउने देखिन्छ ।
सिंह : आज स्वास्थ्य ठीकठाक रहनेछ । मानसिक प्रशन्नता, मान, प्रतिष्ठा मिल्नेछ । सामाजिक कार्यमा अग्रसर व्यापार विनिमय र पशु चौपायबाट समुचित लाभ, अवरुद्ध कार्य पनि सफल हुनेछन् । समय शुभ रहेकाले सही उपयोग गरेमा लाभ मिल्नेछ ।
कन्या : आज समय शुभ छ, स्वास्थ्य भरपर्दो रहनेछ । मनमा फूर्ति र उत्साह बढेकै हुनेछ । काममा जाँगर बढ्नेछ, नयाँ जागीर खाने ईच्छा भएमा प्रयास गर्नु होस् सफलता मिल्ने छ । कसैलाई नगद धन दिएका भए आज माँगे पाइन्छ ।
तुला : आज समय शुभ छैन । साना-साना कुरामा पनि शंका र चिन्ता गर्ने देखिन्छ । जहाँ नजानु पर्ने हो बाध्यताले जानै पर्ने, अरु व्यक्तिले दिएको नखानु पर्ने हो तर खानैपर्ने र आफ्नोबारे निन्दा अपमान सुन्नुपर्ने समय छ ।
वृश्चिक : आज स्वास्थ्यमा समस्या आउन सक्छ । खाने पिउने मामलामा ज्यादै ख्याल गर्नु होला । पेट गड्बडीको सम्भावना बलियो छ । तपाईंका शत्रु जुनसुकै प्रकारले काम बिगारिदिने प्रयासमा छन् । आज खर्च गरेका, लगानी गरेका कामको भविष्य राम्रो छैन ।
धनु : आज स्वास्थ्यमा सुधार आउनेछ । पदीय प्रमोसन अथवा पैसा परिश्रम अनुसारको हात पर्ने समय रहेको छ । जग्गा, जमिन किन्न चाहनुहुन्छ भने आज अत्यन्त शुभ रहनेछ । पुराना छुटेका इष्टमित्रसँग भेट हुने मौका पनि पाउनु हुनेछ ।
मकर : आज समय अत्यन्त खराब छ, शत्रुस्थानको चन्द्रमाले मनमा विना कामका चिन्ताले सताउनेछन् । आफू अपमानित हुनुपर्ने ठाउँमा नचाहेर पनि जानुपर्नेछ । आफन्तै व्यक्तिहरूसंग झगडा पर्न सक्नेछ ।
कुम्भ : आज समय अत्यन्तै शुभ छ । भाग्यस्थानको चन्द्रमाको प्रभावले आज शिक्षा, सुन, घडेरी, घर बनाउने काम, स्कूलमा लगानी अथवा कुनै पनि शैक्षिक क्षेत्रमा लगानी आज गर्नुभयो भने राम्रो हुनेछ । व्यापार व्यवसायबाट राम्रो आम्दानी हुनेछ ।
मीन : आज समय खराब छ । स्वास्थ्य पनि भरपर्दो रहनेछैन । चिसोबाट सतर्क हुनुहोला । यत्रामा समेत झमेला हुन सक्नेछ । लामो समयदेखिको पेशाबाट तनाव उत्पन्न हुनेछ । आम्दानीका स्रोतहरू बन्द हुनेछन् ।
साइतः सूर्य मिथुन राशिमा, चन्द्रमा कुम्भ राशिमा रहनेछ । त्यसैले पश्चिम र दक्षिणबाहेक अन्य दिशाको यात्रा नगर्नुहोला । आज बुधबार परेकाले उत्तर दिशाको यात्रा गर्दै नगर्नुहोला । आज पूर्व र उत्तरतर्फको यात्रा पनि बाध्यताबश गर्नैपरेको छ भने धार्मिक उपाय अपनाएर शुभ बेलामा गर्दा राम्रो हुनेछ ।
शुभ लाभादि बेला (दिवा)
बिहान ५ः०९ बजेदेखि ६ः५३ बजेसम्म लाभ बेला
बिहान ६ः५३ बजेदेखि ८ः३७ बजेसम्म अमृत बेला
बिहान ८ः३७ बजेदेखि १०ः२१ बजेसम्म काल बेला
बिहान १०ः२१ बजेदेखि १२ः०५ बजेसम्म शुभ बेला
मध्यान्ह १२ः०५ बजेदेखि १ः५० बजेसम्म रोग बेला
दिनमा १ः५० बजेदेखि ३ः३४ बजेसम्म उद्धेग बेला
दिनमा ३ः३४ बजेदेखि ५ः१८ बजेसम्म चर बेला
दिनमा ५ः१८ बजेदेखि ७ः०२ बजेसम्म लाभ बेला
शुभ लाभादि बेला (रात्रि)
साँझ ७ः०२ बजेदेखि ८ः१८ बजेसम्म अमृत बेला
राति ८ः१८ बजेदेखि ९ः३४ बजेसम्म काल बेला
राति ९ः३४ बजेदेखि १०ः५० बजेसम्म शुभ बेला
राति १०ः५० बजेदेखि १२ः०६ बजेसम्म रोग बेला
राति १२ः०६ बजेदेखि १ः२१ बजेसम्म उद्धेग बेला
राति १ः२१ बजेदेखि २ः३७ बजेसम्म चर बेला
रातिमा २ः३७ बजेदेखि ३ः५३ बजेसम्म लाभ बेला
रातिमा ३ः५३ बजेदेखि ५ः०९ बजेसम्म अमृत बेला
यसमा चर भन्दा शुभ, शुभ भन्दा लाभ राम्रो, लाभ भन्दा अमृत सबैभन्दा राम्रो मानिन्छ । त्यसैले जे काम गर्दा पनि शुभ, लाभ र अमृत बेला पार्नुहोला ।
राहुकाल समय : राहुकाल समय : दिनमा १२ः०० देखि १ः३० बजेसम्म राहुकाल अर्थात सबैभन्दा खराब समय रहनेछ । यो समय भित्र यात्रा, लेनदेन, ठूलो लगानी, नयाँ निर्णय केही पनि गर्नु परिणाम राम्रो हुँदैन ।
नोट : नोट : यो पञ्चांगको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि काठमाडौं, नेपालको अक्षांश २७ः४२ उत्तर तथा देशान्तर ८५ः१८ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेदस्थान र विपरीत वेदस्थान समेतको गणना गरिएको छ ।